कञ्चनपुर । कञ्चनपुरको बेलौरीका विपन्न विद्यार्थीलाई पोषाक वितरण गरिएको छ । जिल्लाको दक्षिणी भेगमा रहेको बेलौरीका विपन्न विद्यार्थीलाई पोषाक वितरण गरिएको हो । नेपाल आदिवासी जनजाती महासंघ बेलौरी नगर समन्वय समिति परिषदले नगरपालिका भरीका विद्यार्थीलाई पोषाक वितरण गरिएको जनाईएको छ ।

नेपाल आदिवासी जनजाती महासंघ बेलौरी नगर समन्वय समिति परिषदका अध्यक्ष कृष्ण (गमुवा)चौधरीले विपन्न विद्यार्थीको अध्ययनमा टेवा पु¥याउने उदेश्यले पोषाक वितरण गरिएको बताए ।

जनजाती समुदायका स्नातक अध्ययन गरिरहेका ५ र हरेक वडाबाट ५० गरी ५५ विद्यार्थीलाई पोषाक वितरण गरिएको छ । यसका साथै शनिबार एक हप्ते उद्घोषण तालिम समेत समापन भएको छ ।

पुर्व खानेपानीमन्त्री बिना मगरको प्रमुख आथित्यमा भएको कार्यक्रममा बेलौरी नगरका प्रमुख पोतिलाल चौधरी, उपप्रमुख जोगराज चौधरी सहितका जनप्रतिनिधीको बिशिष्ठ आथित्यका कार्यक्रममा भएको थियो । विपन्न विद्यार्थीले एकातिर पोषाक अर्कातिर तालिम पाएको भन्दै खुसी व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुस