कञ्चनपुर ।  कञ्चनपुरका शसक्त जुझारु युवा पत्रकार रनी विवसले निड्स नेपालको सम्मान बहिस्कार गरेका छन । राष्ट्रिय वातावरण तथा समविकास समाज (निड्स नेपाल)ले पत्रकार रवि विवस सहित जिल्लाका चार पत्रकारलाई सम्मान गरेको थियो ।

निड्स नेपालले आइतबार बेलौरीमा आयोजना गरेको रजत जयन्तीका अवसरमा पत्रकार विवस सहित पत्रकारत्रय भाष्कर केसी, डिल्लीराज पन्त र गोकुल जोशीलाई सम्मान गरिएको थियो । निड्स नेपालले संचालन गरेको विभिन्न योजनामा संचार माध्यममा शसक्त मुद्दा उठान गरेको भन्दै मुल्याङ्गकन गर्दै निड्सले सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा पत्रकार त्रय केसी, पन्त र जोशीले भौतिक सहभागिता जनाएर सम्मान स्वीकार गरेपनि अर्का पत्रकार रनी विवस कार्यक्रममा सहभागि भएका थिएनन । उनले आफुले निड्सको सम्मान अस्वीस्कार गरेको बताए ।

‘म निड्सले दिएको सम्मानमा योग्यता पुगेको पत्रकार होईन, ‘उनले भने, ‘मलाई सम्मान स्वीकार भएन, त्यही भएर कार्यक्रममा पनि सहभागि भएन, म त्यो सम्मान लायक भएन ।’ उनले निड्सले दिएको सम्मान आफुलाई स्वीकार्य नहुँदा कार्यक्रममा बोलाउँदा समेत सहभागि नभएको बताए । आयोजकले भने पत्रकार रवि विवसलाई सम्मान गरेको कार्यक्रममै घोषणा गरेको थियो ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले चार जना पत्रकारलाई सम्मानका लागि पत्रकार महासंघलाई आग्रह गरे अनुरुप पत्रकार रवि विवसको समेत नाम सिफारिस भएको हुँदा उनलाई सम्मान गरिएको बताए ।

‘उहाँलाई हामीले छनौट गरेको होईन, महासंघले नै हो, उहाँपनि सम्मानका लागि उपयुक्त पत्रकार हुनुहुन्छ, ‘उनले भने, ‘सम्मान स्वीकार नगर्नु उनको विषय हो, हाम्रो तर्फबाट उहाँलाई जहिल्यै सम्मान छ, त्यसो त उहाँसंग मेरो र संस्थाको समेत सम्बन्ध पनि राम्रो नै हो, खै किन सम्मान स्वीकार गर्नु भएन, यो त उहाँकै विषय हो ।’

पत्रकार महासंघ कञ्चनपुरले पनि विकल्प दैनिकका कार्यकारी सम्पादक रवि विवशलले समाजमा गरेको योगदानकै आधारमा निड्सको अनुरोध अनुरुप सम्मानका लागि सिफारिस गरेको जनाएको छ । सम्मान गर्दा समेत अस्वीकार गर्ने के कारण रहेछ भन्दै पत्रकार र निड्सका कर्मचारी चर्कित भएका छन ।

प्रतिक्रिया दिनुस