बेलडाँडी । बेलडाँडी गाउँपालिका वडा नं.५ बस्ने रतन लाल रानाको ५ कट्टा (०१६४०) ब.मी. जग्गा साहुमहाजनहरुले दृष्टिबन्धकको नाममा हण्डपेको कुरा बाहिर आएको छ । रानाले बेदकोट नगरपालिका वडा नं.१२ बस्ने पार्वती शाहुबाट मिति २०७२ साल तिर रु ५ लाखमा जमिन माते राखेर लिएको एक कागजमा देखिन्छ ।

उक्त रकम १ बर्षमा व्याज सहित ६ लाख ८० हजार तिर्ने दुबै पक्ष विच सहमति भएको देखिएको छ । पिडित रानाको भनाई अनुसार दृष्टिबन्धक भनेको शाहुमहाजनले जमिन हड्पने टेक्टिस हो भन्ने कुरा उनको कानमा गुन्जिएपछि उनी सम्झौता कागज गरेको ६ महिनामै पैसा फिर्ता गर्न साहुमहाजनको घर पुगेका थिए तर साहुमहाजनले ६ महिना भित्र फिर्ता गरेको व्याज सहितको रकम बुझ्न नमानेपछि उनी त्यतिबेला देखि तनावमा रहेका थिए । १ बर्ष कटेपछि साहुमहाजनले उक्त जमिन आफ्नो श्रीमती पार्वती शाहुको नाममा नामसारी गरेको पिडित रानाले बताए । कागज बनाउदा आफूलाई धेरै कागजातमा ल्याप्चे लगाउन लगाएको समेत उहाँले बताए ।

२०७३ साल देखि चल्दै आएको थियो । बेलडाँडी गाउँपालिका वडा नं.५ को इमलीया गाउँमा सत प्रतिशत राना समुदायको बसोबास छ । रानाहरुको बिचमा गएर जमिन चलन भोग गर्ने आट साहुमहाजनलाई आएन । साहुमहाजनले रानाको विचको उक्त जमिन बेच्ने दाउ खोज्दै आएका थिए तर झुक्याएर साहुमहाजनले हड्पेको जग्गा किन्न कसैले रुचाएनन् । त्यस्तो विवादित जमिन कसैले किन्न आट गरेनन् ।

तर त्यो जमिन बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले हालसालै सुटुक्क आफ्नो बुहारीको नाममा पास गराएको खवर ती पिडितले सुन्न साथ ति जमिन मालिक आफ्नो जमिन बचाइ दिन हारगुहार गर्दे ती पिडित राना नाथकै दैलोमा पुगेछन् र हजुुरले यस्तो गैरजिम्मेवारी काम किन गरेको भनेर भन्दा उनलाई उपाध्यक्षका श्रीमानले धम्की दिएको अडियो बाहिरिएको छ ।

नाथले पिडित रानालाई आफुले उक्त जमिन १५ लाखमा किनेको हो जमिन चाहिने भए १५ लाख मलाई दे तेरो नाममा हालिदिन्छु भनेका छन् तर उक्त जमिन शाहुमहाजनले रानालाई १० लाखमा मैले नामसारी गरिदिए पहिला भनेका रहेछन् तर पछि आएर ती साहुमहाजनले भाषा मिलाउदै १५ लाखमा बेचेको हुँ भन्दै आएका छन् ।

उता शाहुले १० लाखमा बेचेको हो भन्ने यता उनले १५ लाखमा किनेको हुँ भन्ने कुरा गर्न थालेपछि ति पिडित यति बेला भुमिहिन सुकुम्वासी बनेका छन् । उनी कागजी प्रकृयाले सुकुम्वासी भएपछि उनलाई गाउँलेहरुले चन्दा उठाएर मिडिया भेट्न महेन्द्रगर पठाए तर मिडियाकर्मीहरुले तपाईहरुको साक्षी मान्छे समेत ल्याउनु भनेर भन्दा यता उपाध्यक्ष शान्ति नाथ लगायत उनको श्रीमान, साहुमहाजनले धम्की समेत दिन थालेपछि त्यति मात्र होइन उपाध्यक्ष नाथका श्रीमानले अझै आफ्नै चरित्र हत्या गरेको भन्दै बेलडाँडी प्रहरीमा ठाडो उजुरी दिएर ती रानालाई थाना झिकाइदिनु पर्यो भन्दै निवेदन दिएको पिडित रानाले बताए । रानालाई दिएको धम्की यति बेला सामाजिक संजालमा भाइरल भएको छ ।

नेपाल सरकारको निति सुकुम्वासीलाई जमिनको मालिक बनाउने निति छ तर बेलडाँडी गाउँपालिका उपाध्यक्ष नाथले भने आफ्ना नागरिकको सुरक्षा गर्नुको साटो उनलाई सुकुम्वासी बनाउने खेलमा लागेको उनको अडियोमा प्रष्ट छ । उनी न्यायीक समिति संयोजक समेत हुन तर उनको दायित्व पिडितलाई कसरी हुन्छ मलमपट्टी गर्ने ठाउँमा उल्टै धम्की, दिने भएको झुपडीमा समेत डोजर चलाएर फाल्ने र तिमी मिडियामा गयो भने वा मिडियालाई यो कुराको बारेमा जानकारी गरायो भने ठिक नहुने जस्ता कुरा आउदा रानालाई झन तनाव भएको छ ।

पिडित रानाले समस्या समाधान गरि पाउँ भनेर जेठमा जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दिएका थिए तर अहिले सम्म कुनै सुनुवाइ नभएको पिडित रानाले बताए । रानाको तनाव दुर गर्नको लागि गाउँलेहरु यति बेला एकजुट भएका छन् । गाउँलेहरुका अनुसार यो काम कहिले भित्र भित्रै भयो हामीहरुले थाहै पाएनौं यहाँ त शुरुवाती समय देखिनै यीनै रतनलाल बस्थे । हेर्दा हेर्दा दुई जनाको नाममा झुक्याएर हाल्नु ठिक नभएको उनीहरुको भनाइ रहेको छ ।

पछिल्लो समयमा दृष्टिबन्धकको नाममा गरिब अनपढहरु संग यस्तो खेल भइरहेको समाचार बाहिरिन थालेका छन् ।

प्रतिक्रिया दिनुस