कञ्चनपुर । नेकपा एमाले पाटी कार्यालय कञ्चनपुरमा तालाबन्दी भएको छ । एमाले पाटी कार्यालय निर्वाचन कार्यालयमा तालाबन्दी भएको हो । १चैत्रदेखि शुरु भएको एमाले जिल्ला अधिवेशनमा सहमती नभएपछि निर्वाचन प्रकृयामा गएकोृ प्रकृया अवरोध गरेर आफु अनुकुल पदाधिकारी छनौट गरेर घोषणा गर्न खोजिएको भन्दै तालाबन्दी गरिएको छ ।

निरुदेवी पाल गुटबाटै सचिवमा उम्मेदवार कर्ण बहादुर चन्दले पाटी कार्यालय निर्वाचन कमिटिको कार्यकक्षमा तालाबन्दी गरेका छन । सचिवका उम्मेदवार चन्दले सोमबार बिहानै निर्वाचन कार्यालयमा तालाबन्दी गरेका हुन । उनले सहमती भन्दै पाँच पाँच पटक निर्वाचन कार्यतालिका हेरफेर गरेर सोमबार बिहान ८बजेदेखि मतदान हुने भएपनि नभएपछि तालाबन्दी गरेको बताए । यस अघि उपसचिव रहेका चन्दले नेकपा एमाले कञ्चनपुरको ९औँ अधिवेशनमा छनौट भएका साढे चार बढि बढि नेता कार्यकर्ताहरुको भावना विपरित आफु अनुकुल पदाधिकारी छनौट गर्न लागेपछि आम पाटीका कार्यकर्ताको चाहना अनुरुप तालाबन्दी गरेको बताए । पाटी कार्यालय कञ्चनपुरमा उम्मेदवार नै तालाबन्दी गरेपछि उनकै गुट र फरक गुटका नेता कार्यकर्ताहरुविच मुखहेराहेर भएको छ ।

निर्वाचन समितिलाई दवाव आउन थापेपछि पटक पटक कार्यतालिका फेरेर फेरी सोमबारदेखि चुनावमा जाने कार्य तालिका निकालेको छ । ५ चैत्र बिहान ८देखि दिउँसो २बजेसम्म मतदानको कार्यतालिका सार्वजनिक गरेको हो । एमाले ९औँ जिल्ला अधिवेशन निर्वाचन कमिटिका निर्वाचन अधिकृत बेदप्रकास उपाध्यायले पदाधिकारी सहित विभिन्न सदस्य पदमा उम्मेदवारी दिएकाहरुको प्रारम्भिक नामावली प्रकासित भएको बताए । उनका अनुसार अध्यक्षमा अशोक कुमार चन्द र लक्ष्मी बुढाले उम्मेदवारी दर्ता गराएका छन ।

एमाले कञ्चनपुरको अध्यक्षका लागि चन्द र बुढा चुनावी मैदानमा होमिएका छन । उपाध्यक्ष, सचिव एव उप सचिव सहित सदस्यहरुमा दर्जनौँ, सयौँले उम्मेदवारी दिएका छन । यस अघि अध्यक्षका लागि पाँच जना देखिएका थिए । हरि प्रशाद जोशी, हिरा चन्द, पल्लवराज भट्ट, अशोक चन्द र लक्ष्मी बुढा देखिएका थिए ।

अन्तत अन्य तीन जना जोशी, चन्द र भट्ट ब्याक भएसंगै अब चन्द र बुढाविच प्रतिस्पर्धा हुने भएको छ । बुढा पोलिटब्यूरो सदस्य निरुदेवी पाल र चन्द अर्का पोलिट्ब्यूरो सदस्य राजेन्द्र रावल निकट हुन । यस अघि ८औँ जिल्ला अधिवेशनबाट बुढा पाल गुटबाटै उपाध्यक्षमा निर्वाचित भएकी थिईन, भने चन्द सचिवमा पराजित भएका थिए ।

अध्यक्षका लागि देखिएका कञ्चनपुरका युवा नेता हरि प्रशाद जोशीले आफु सच्चा एमाले कार्यकर्ता र कुनैपनि गुटको भक्त नभएकाले अध्यक्षका लागि उम्मेदवारी दर्ताबाटै बञ्चित भएको बताए । ‘माथि नेताका नाममा तल राजनीतिक गर्नेहरु गुटका देखिए, ‘उनले भने, ‘म भने कुनैपनि गुट भन्दा एमाले बनाउने अभियानमा थिए, तर मलाई नै पछारियो ।’

अध्यक्षका लागि देखिएका हिरा चन्द उपाध्यक्षमा उम्मेदवारी दिएका छन । चन्द सहित विष्णूदत्त अवस्थी, विष्णू कडेल, जनकराज अवस्थीले उम्मेदवारी दिएका हुन । अध्यक्षकै लागि देखिएका पल्लवराज भट्टले सचिवमा उम्मेदवारी दिएका छन । भट्ट सहित राधाकृष्ण जोशी(ज्वाला) र यस अघि उपसचिव रमेशका कर्ण चन्दले उचिवमा दिएका हुन । दुई उपसचिवका लागि १० जना देखिएका छन । जगत बहादुर सिह, राजिव खडका, भारमल सुनार, लोकेन्द्र प्रशाद पन्त, चन्द्र सिह कार्की खिमा चन्द, आरपी सार्की केशव चन्द चाँदनी धामी(राना)देखिएका छन ।

निर्वाचन कमिटिले सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवारी सुचि अनुरुप लेखा कमिटि तर्फ उपाध्यक्ष, बाहेक ६ पदमा निर्बिरोध निर्वाचित भएका छन । अध्यक्ष प्रेमराज अर्याल, सचिव शंकर जोशी, सदस्यहरु केशवसिह ऐरी, परशुराम पन्त, सन्ध्या पन्त, बालादेवी नाथ, निर्बिरोध निर्वाचित भएका छन ।

बेलडाँडी गाँउपालिबाट तीनै जना निर्वाबिरोध निर्वाचिछत भएका छन । हरि प्रशाद जोशीस्, बसन्ती जैसी र लक्ष्मण भाट जिल्ला सदस्यमा निर्बिरोध निर्वाचित भएका हुन । लालझाडी भुगोलमा महिला तर्फ रजिता राना, अल्पसंख्यक तर्फ हरिदत्त भट्ट, निर्बिरोध भएका छन ।

एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि पाटी अध्यक्ष केपी शर्मा ओलीले पनि उद्घाटन समारोहमा सकभर सहमती नभए स्वच्छ निर्वाचनबाट प्रकृया अघि बढाउन निर्देशन दिएका थिए । एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि ४सय ६४मतदाता रहेका छन ।

प्रतिक्रिया दिनुस