चन्दलाई सहमतिमा उपाध्यक्ष र सचिव बाट समेत आउट गर्न खोज्दा एमाले कञ्चनपुरको अधिवेशन चुनावी मैदानमा होमिँदै गएको छ। चन्दलाई पदाधिकारी बाटै आउट गर्न खोजे पछि एमाले कञ्चनपुरको अधिवेशनमा चुनाव हुने भएको हो। अशोक कुमार चन्द नेकपा एमाले कञ्चनपुरका युवा चर्चित नेता हुन।

अशोक कुमार चन्द एमालेमा मात्रै नभई अन्य दलका नेता कार्यकर्ताहरू सहित जनता माझ लोकप्रिय नाम हो।  २०७४ सालमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा एमाले युवा नेता चन्द वेदकोट नगरको मेयरमा निर्वाचित भएका थिए ।

चन्द लोकप्रिय मतका साथ जसरी मेयरमा निर्वाचित भए त्यसरी नै आफ्नो पाँच वर्षे मेयरको कार्यकाल विवाद रहित पारदर्शी नगर समृद्धिको बिउ रोपेर निष्कलङ्क छवि बनाएका तिनै निवर्तमान मेयर अशोक कुमार चन्द अहिले नेकपा एमाले कञ्चनपुर नेतृत्व (अध्यक्ष) को यात्रामा छन ।

दोस्रो ठूलो दल नेकपा एमाले कञ्चनपुरको अध्यक्षका लागि अध्यक्ष चन्द आकांक्षी देखिएका हुन। यस अघि ८ औँ जिल्ला अधिवेशनमा सचिवमा पल्लवराज भट्टसँग झिनोमतले पराजित भएका चन्दले अब मूल जिल्ला नेतृत्व हाँक्ने आँट गरेका छन ।

एमाले कञ्चनपुरको ९ औँ अधिवेशनबाट चन्द अध्यक्षका बलिया उम्मेदवार हुन ।  उनलाई युवा पङ्क्ति सहितको साथ सर्मथन रहेको केही एमाले नेताहरूले बताएका छन । झण्डै तीन दशकदेखि राजनीतिमा सकृय युवा नेता चन्दको साथमा बलियो युवाशक्ति रहेको छ ।

चन्दको पक्षमा देखिएका नेताहरूले कञ्चनपुरमा पनि अन्य जिल्लाहरू जस्तै सर्वसम्मत नेतृत्व बनाउनका लागि दौडधुप बढाएका थिए। एमालेलाई कञ्चनपुरमा आगामी ०८४ को जिल्लामा लालकिल्ला बनाउनका लागि पाटी नेतृत्व युवाको काँधमा दिनुपर्ने आम एमाले नेता कार्यकर्ताहरूको भावना रहेको छ ।

एमाले जिल्लाको नेतृत्वका लागि चन्द देखिएपछि नेता कार्यकर्ताहरू समेत उत्साहित भएर चन्दकै नाममा सहमति गराउन सकृय देखिएका छन ।

प्रतिक्रिया दिनुस