आउँदो मंगलबारदेखि कञ्चनपुरमा सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव हुने भएको छ । भीमदत्त नगरपालिका नगर पर्यटन विकास समितिले ६चैत्रदेखि सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव गर्न लागेको छ ।

नगर पर्यटन विकास समिति उपाध्यक्ष राजेन्द्र केसीले विगतको निरन्तरता गर्दै यस बर्षपनि ६चैत्रदेखि ८सम्म महोत्सव हुने बताए । उनका अनुसार पहिलो दिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभिध रहेको रानी ताल सरसफाई, ८चैत्रमा पश्चिम सीमा नाका गड्डाचौकीमा पर्यटनको स्वागत, चरा अवलोकन, जंगलमा पैदल यात्रा, ८चैत्रमा मैत्रिपुर्ण फुटबल हुने भएको छ ।

सुप प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा प्रवेस शुल्कमा ५०प्रतिशत छुट गरिनेछ । यस जिल्लाको पर्यटन प्रर्बद्धनका लागि मेला संचालन गर्न लागेको बताए ।

भीमदत्त नगरपालिका नगर पर्यटन विकास समितिका सदस्य सचिव मनोज प्रशाद भट्टले महोत्सवको तयारी भईरहेको बताए । उनका अनुसार महोत्सवमा छनौट भएका सबै कामकाजका लागि तयारी अघि बढेको छ । होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदिशचन्द्र भट्टले उपलब्धीमुलक रुपमा महोत्सव संचालनमा जोडदिए ।

प्रतिक्रिया दिनुस