मेरो मातृभूमि ।
शुरेन्द्र प्रसाद जोशी
डिलाशैनी गाउपालिका- ४ बैतडी
जहाँ फर्केर हेर्छन्,
अपी र सैपालहरू।
अनी जङ्गल रङ्गाउछन्,
पल्लवी र लालीगुरासहरू।।

जहाँ कोइली र न्याउलीले गाउँछन्,
मीठा गीतहरू।
अनी च्याखुरा र ढुकरले साट्छन्,
सच्चा प्रीतहरू।।

जहाँ वसन्तको आगमनमा,
न्याउलीले गुनगुनाउदै,
सल्लेरीले सुसेल्दै,
मृग सावकहरूले नाच्दै,
लोभ्याउछन पथिक मनलाई।।

जहाँ कलकलाउछन् ,
खहरे खोलाहरू।
अनी संगित वजाउँछन् ,
झरना र छहराहरू।।

जहाँ सरदले झुलाउँछ,
धानका वालाहरू।
अनी आगनभरी फुलाउँछ,
सयपत्री र गुलावहरू।

त्यही त हो,
पावन र पवित्र भूमी,
अनी तिम्रो र मेरो
प्यारो मातृभूमी।

प्रतिक्रिया दिनुस