गोकुल निरौला
चिया कफि पिउने चलन कस्ले र कस्को पालादेखि सुरु गरीयो यो त एकिन छैन । तर अंग्रेज हरुको पालादेखि चिया र कफि पिउन सुरुगरीयको भन्ने दन्ते कथा सुन्ने गरीन्छ । चियाको ईतिहास हेर्दा नेपालमा भने चियाखेतीको आजभन्दा करिब १५६ वर्ष पुरानो रहेको छ । १९२० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीन भ्रमणबाट फर्कदा चिनिया जातको चियाको बीउ उपहार स्वरूप तत्कालीन चिनिया सम्राटबाट लिई नेपालमा भित्रर्याएका थिए भनिन्छ । उपहार स्वरुप ल्याएको चियाको बीउ रोप्ने इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका ज्वाइँ गजराज सिंह थापालाई रोप्न लगाएका थिए । इलाम चिया कमान सुरुभएको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापना गरी नेपालमा चिया खेतीको शुरूवात भएको देखिन्छ । नेपालमा भने जंगबहादुर राणले नै चिया पिउने चलन सुरु गरायको मान्न सकिन्छ । जंगबहादुरका पालामा ल्याईएको चियाले आजभोलि नेपाली चिया खेति भन्ने पनि गरीएको छ । नेपाली समाजमा अहिले दुख सुखका गफ गफीदा होस या प्रेमील जोडीले माया प्रितिका कुरा गर्दा होस चिया कफि पिउने चलन बढ्दै गएको छ । यसो भनौ कुराको मेसो सुरुगर्दा पनि चिया होस या कफि पिउने चलन पनि छ । मलाई पनि दशैको तिन दिन पछि फोनबाटै तिहारमा सुदुरपश्चिम आँउदा आफ्नो घरमा कफि पिउने निम्तो आएको छ । मैले सह्रर्स स्वीकारेको छु । दशैको तेस्रे तिन मेरो मोवाईलमा रिङ बज्यो र उहाँ संग छोटो कुराकानी गरीयो ।
म ः हलो ।
उता ः कहाँ होईस्सीन्छ भाईराजा ।
म ः मध्य नेपाल भन्दा अलि टाढा मध्य पुर्वमा छु भनौन दाजै ।
उता ः ए कार्म थलोमै पो, दशै मान्न आईस्सेन त ।
म ः आएन दाजै अव तिहारमा आउने ।
उता ः ए तिहारमा आउने भनेपछि रमाईलो हुने भो । मेरीज खेलिस्सीने होला हैन भाईराजा ।
म ः होईन दाई मलाई मेरीज आउदैन । हेरेरै चित्त बुझाउछु ।
उता ः जे होस यसपालि आँउदा चाई मेरो घरमा मेरै आतिथ्यमा मेरै जहानले पकाको एक कप कफि खाने गरी आईस्सेला है भाईरमाजा ।
म ः ए कफि मात्रै होम मेड साईस वाईन नखुवाउने ? मैले यसो भन्न हुन्थ्योकी हुदैनथ्यो ख्यालै नगरी भनि दिए । एक पटक मोवाईल भित्रै हाँसो गुन्जीयो । धन्न मैले लाउड स्पीकर खोलेको थिएन र मेरो कार्यकक्षमा रहेका अन्य कर्मचारीले सुनेनन् । हुन्छनि दाजै हजुरको आज्ञा सिरोधार्य गरे म पक्क आउछु भनेर फोन राखे । यो सम्वाद गर्न साईत जुराउने मेरै फोन सेट स्यामसुङ र नेपाल कटेलिकमलाई एक पटक धन्यवाद दिए र फोन गोजीमा राखे । उहाँ मलाई कफि खाने निम्तो दिने अरु कोहि नभएर सुदुरपश्चिम प्रदेशका नेकपाका प्रमुख सचेतक तारालामा तामाङ हुनुहुन्थ्यो । हुनत मैले यो दशैमा शुभकामना सम्म नदिएको हुनाले उहाँ संग फोनमा सम्वाद गर्दा अलि अप्ठारो नलागेको भने होईन । कलिलो उमेरमै राजनितिमा उदाएका तारा संग बोल्न म कत्तीपनि नहिच्कीचाउने भएको हुनाले मलाई कुनै फरक परेन । म तारालाई दियो भनेर सम्वोधन गर्छु । किन भने तारा धेरै टाढा हुन्छ कसैले भट्न सक्दैन, नत उज्यालो दिन्छ नत न्यनो गराउछ । त्यसैले म तारालाई दियो भन्न रुचाउछु र दियो भनेर सम्बोधन गर्छु । दियो लाई सबैले जलाउन सक्छ, उज्यालो दिन्छ, आफ्नो गक्ष अनुसारको न्यानो पनि गर्छ, गरीब धनि सबैले बाल्न सक्ने भएकाले मैले उनलाई दियो भन्ने गरेको हुँ । प्रदेस सभा सदस्य तथा प्रमुख सचेतक लामा दियो जस्तै हुन उनि समाजमा सजिलै घुलमिल र सामाजिक काममा लाग्न सक्ने मानिस हुन । आर्थिक उन्नति भए मात्र समाज सेवा र राजनिति हुन्छ र जनताको आर्थिक उन्नती हुनु आवस्यक छ भन्ने ताराले पहिलो पटक कञ्चनपुरको कालिका गाविसको गाविस अध्यक्षमा कलिलै उमेरमा उम्मेदवार भएर जितेका थिए । २०५४ सालमा भएको स्थानिय निर्वाचनमा तारा २३ बर्षका थिए । उनले कलिलो उममेरमै ठुलो जिममेवारी पाए र सकुसल निभाए पनि । कालिका गाविस अध्यक्ष हुँदा उनले आफ्ना प्रतिसप्रर्धि भन्दा चार ? मतले जितेका थिए । २०५४ सालका उनका प्रतिसप्रधि कुसबहादुर तामाङ अहिले गाउपालिका अध्यक्ष निर्वाचित भएका छन । देश संघिय संरचनामा जानु भन्दा पहिले २०५४ सालमा चार सय मतले तिजेका तामाङले प्रदेश सभाको निर्वाचनमा प्रतिसप्रधि भन्दा ११ हजार मत बढी ल्याएर जिते प्रमुख सचेतक भएका छन । छोटो कद, हसिलो चेहरा, घुमाएर लोलोपोतो कुरा नगर्ने, आफ्नो जिम्मेवारी र जनताको पिडा सजिलै बुझ्ने तारा पछिल्लो समय राजनितिमा दियो जस्तै बलेका छन । उनकै नेतृत्वमा बिवादीत बिषय प्रदेसको नाम र राजधानिको बिसय सजिलै टुङगो लगायो । प्रदेश राजधानी दिपायल, अत्तरिया, डडेल्धुरा हुनुपर्ने रस्साकस्सी चलिरहेको बेला सहजपुर, खानीडाँडातिरको सम्भाव्यता अध्ययन गर्न जरुरी भएको औंल्याएका थिए । कञ्चनपुर जिल्लाका एमाले अध्यक्ष समेत रहेका तामाङले प्रदेशसभाले प्रदेश राजधानी कैलालीकै गोदावरीमा बनाउने र नाम पनि सुदुरपश्चिम नै राखेर आफ्नो काम सफल पारे । सुदुरपश्चिमको विकासका लागि जलविद्युत, कृषि, जडीबुटी, वनजंगल र तालतलैयाको राम्रो सदुपयोग गर्नुपर्नेमा पनि जोड दिदै आएका छन ।
विकासको दृष्ठिकोणले सुदुरपश्चिम धेरै पछाडी परेको छ । यस प्रदेशको जनसंख्या २,५५२,५१७ रहेको छ भने २५ प्रतिसत जनता गरीविको रेखामुनि छन । तारा ले देखेको प्रर्यटन र जडिबुटी प्रयोग गर्न सक्यो भने यस क्षेत्रमा उन्नति हुन समय लाग्दैन । यस क्षेत्रमा रहेका तालहरुमा कैलाली जिल्लाघोडाघोडी ताल विश्व सम्पदा सूचीमा सूचिकृत सिमसार क्षेत्रको रुपमा परिचित हुनुका साथै धार्मिक दृविकोणबाट समेत प्रर्सिद्ध छ । कञ्नपुर जिल्लामा रहेको झिलमिला ताल, बेदकोट ताल, डडेल्धुराको आलीताल, डोटी जिल्लामा रहेको छतिवन ताल आदि छन् भने डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाको बिचमा रहेको खप्तडताल यस क्षेत्रको प्रमुख पयिटकीय आर्कषणको रुपमा रहेको छ । यातायातका सुविधा बाटाढा रहेको यस क्षेत्रमा यातायातको लागी सडक संजाल पु¥याउन सके यस क्षेत्रका जनताको आर्थिक उन्नति हुनुका साथै प्रयटनको विकास हुनेछ ।
बिधिन्न रुडीबादिको नामले चिर परिचित सुदुरपश्चिममा धार्मिक प्रयटनको हिसाबले धेरै सम्भावना बोकेको ठाँउहो । यसक्षेत्रका बडीमालिका, खप्तड बाबा , त्रिरपुरासुन्दरी, उग्रतारा, भागेश्वर, घण्टेश्वर, बैजनाथ, शैलेश्वरी, गोदावरी,लगाएत धार्मिक प्रयटनको सम्भावना बोकेका ठाँउहुन । खप्तड, बुढीनन्दा देवी, शुक्लाफाटा, सुर्मासरोबर ताल, महाभारतपर्वत, पाताल भुमेश्वर, घोडाघोडी ताल, अजयमेरुकोट, आलीताल, बेतकोट, व्यास हिमाल, सैपाल हिमाल, बडीमालीका, अपि हिमाल, रामारोशन क्षेत्र, दोधाराचादनी झोलुङ्गे पुल,कर्णाली पुल आदि यस क्षेत्रका प्रमुख प्रयटक स्थल हुन । गरीविले थिलथिल भएको सुदुरपश्चिमका अधिकंस युवाहरु भारतको विभिन्न ठाँउमा चौकीदारी लगाएर होटलमा काम गर्नजाने गरेको पुरानै ईतिहास हो । यसबाट छुटकरा पाउन सकेको छैन । आफै स्वोभालम्बी बन्ने र कुनै कुरामा परर्निभरता हुनु हुदैन भन्ने ताराले आफ्नो कार्यकालमै जंगबहादुरको जस्तो काम गरी जनतालाई आत्मर्निभर बनाउन सक्नुनै उनको जिम्मेवारी हो । प्रर्यटन र जडिबुटी लाई जनताको आर्थिक उन्नतीको बाटो मान्नेका उनले हावापानि सुहाउदो जडिबुटी खेति गर्न युवाहरुलाई प्रोत्साहान गरी भारत लगाएत अन्य मुलुक जाने चलन रोक्न सके मात्र मैले जस्तै तारालाई जनताले दियो भन्नेछन । बिदेश भ्रमणमा गएक जंगबहादुरले चिया ल्याएर चिया बगान बनाए । सुदुरपश्चिमको बिकासका लागी विदेश भ्रर्मणमा जाने हरुले कुनै चिनो र प्रविधि ल्याउन सकेन । पुर्वको चिया बगान हेरेर खुसिहुने हामि सुदुरपश्चिमेली हरुलाई आफ्नै ठाउमा कुनै अर्को हावापानि सुहाउदो बगान हेर्ने रहर छ । जंगबाहादुर जस्तो कु्रर शासक नभई जंगबहादुरले जस्तै विदेश भ्रमर्ण बाट र्फकदा चिनो ल्याई जनताको आर्थिक उन्नती हुने काम गर्नु र गराउनु । प्रर्यटन,जडिबुटि,जलबिद्युतको सम्भावना देखेर विकासको खाका कोर्ने तारा माथि उल्लेखित यतिधेरै सम्भावना हुँदा हुँदै हामि किन पछाडी ? तपाईले भन्ने गरेको प्रर्यटन,जडिबुटि,जलबिद्युत लाई एकै साथ उपयोग गरी आफ्नै युवाहरुलाई रोजगारी दिनसके गरीविको रेखामुनि रहेका जनतालाई माथि उकास्न सकिन्थ्यो की ? तारा तपाईले देखेको सपना आफ्ना सहकर्मीलाई पनि देखाउनु । विकासको खाका कोर्नु । राजनितिमा आकासको तारा नभई जनताको घरघरमा बल्ने दियो हुनु । अटल आत्मर्निभर, स्वाभिमानि ताराले खुसि सुदुरेली समृद्ध सुदुरपश्चिम बनाई जनताको मनमनमा बल्नु । यो तिहारका बिदेशि कफिको निम्तो स्वीकारे आर्को दशैका हाम्रै उत्पादन खाने तिम्तोको आसामा छु । शुभकामना छ तारादाई ।

प्रतिक्रिया दिनुस