दिपेन्द्र ऎर
बैज्ञानिक साम्यवादको जन्मदाता मार्क्स र फ्रेडरिक एगेल्स हुन।उनिहरुबाट प्रतिपादित यो सिद्धांतले १९ औं शताब्दीको मध्यकालमा जन्म लिएको भए पनि यसबखत पुजीवाद एउटा ऎतिहासिक चरणमा पुगेको थियो बैज्ञानिक साम्यवादले पुजीवादको उन्मुलन गर्न र साम्यवाद निर्माण गर्ने उदेश्यबाट चलाइने सामाजिक संघर्षको मार्गनिर्देश गर्दछ।त्यसकारण बैज्ञानिक साम्यवादको प्रश्न नेपालमा मात्र नभएर बिश्व सर्वहारा बर्गको एउटा सुनौलो मिसन नै हो।समाज बिज्ञान,समाजवादको सिद्धान्त र क्रान्तिकारी आन्दोलनको इतिहासको गम्भीर अध्ययन गर्ने क्रममा फ्रान्सको क्रान्ति,जर्मनको शास्त्रीय दर्शन र बेलायतको राजनीतिक अर्थशास्त्रको विशेष अध्ययन गरेर समाज बिज्ञानमा भएका उपलब्धिहरु र सर्वहारा बर्गले क्रान्तिकारी संघर्षबाट प्राप्त गरेका अनुभवहरुबाट बैज्ञानिक साम्यवाद प्रतिपादन भयो।उनीहरु भन्दा पहिलेका विद्वानहरुले समाज बिकासमा बर्गसंघर्ष रहेको कुरा प्रकाश पारिसकेका थिए मार्क्स(एगेल्सले त्यसलाई इतिहासको भौतिकवादी बिकासको नियम अनुसार पुजीवादी समाज रुपान्तरणका लागी ब्याख्या गरे यसैबाट उनीहरुले यो पनि प्रमाणित गरेकी समाजलाई रुपान्तरण गर्न सक्ने एक मात्र क्रान्तिकारी बर्ग ुसर्बहाराु बर्ग हो।त्यसकारण पनि सम्पुर्ण उत्पीडित,शोशित र श्रमिक जनताको नेता बन्न र पुजीवादी ब्यवस्थाको उन्मुख गर्ने संघर्षमा उनीहरुको नेतृत्व अपरिहार्य र अनिवार्य हुन्छ।हाम्रो देशमा यो सिद्धान्त शक्तिशाली तब मात्र हुन्छ जब श्रमिक जनसाधारणको दिल अनि दिमागमा एउटा बलियो घर बन्छ।

प्रतिक्रिया दिनुस