विकास सिह महता, मंसिर २०

आँखा उपचारमा अब्बल रहेकोे नेपाल नेत्रज्योती संघले ग्रामिण भेगमै गएर जनतालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । नेत्र ज्योती संघ गेटा आँखा अस्पतालले कैलाली, कञ्चनपुर सहित सुदूरका पहाडी ग्रामिण भेगका जिल्लाहरुमा सेवा प्रवाह गर्दै आएको छ ।

शनिबार पनि कञ्चनपुरको बेल्डाँडीमा निःशुल्क आँखा शिविर गर्दै साढे ६सय बढी जनतालाई सेवा प्रदान गरेको छ ।

जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको गरेको छ । बेलडाँडी गाउँपालिकाको आयोजना र नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ६ सय ७८ सेवाग्राहीले सेवा लिएको जनाएको छ ।

नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालका बरिष्ठ नेत्र अधिकृत बीरसिह धामीले ग्रामिण भेगका जनताको स्वास्थ्यका लागि निःशुल्क आँखा शिबिर संचालन गरिएको बताए । शनिवार बेलडाँडी गाउँपालिका–०२ स्थित रहेको रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा आँखा शिविर सञ्चालन भएको थियो।

आँखा शिविरमा ४ सय १० महिला र २ सय ६८ पुरुषले सेवा लिएका थिए। जसमा १ सय ४ जनाको गेटा आँखा अस्पतालमा मोति बिन्दुको निः शुल्क शल्यक्रिया हुने छ। ७मासु बढेको पाईएको छ । बाह्य कार्यक्रम संयोजक रमेशचन्द्र भट्ट, बरिष्ठ नेतृ अधिकृत बीर सिह धामी लगायतका चिकित्सक एव स्वाथ्यकर्मीको सहभागिता रहेको थियो । गाँउमै स्वास्थ्य सेवा लिन पाएपछि स्थानीय हर्षित भएका छन । बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले ग्रामिण भेगका विपन्न समुदायको स्वास्थ्य सेवाका लागि उक्त शिबिर संचालन गरिएको बताए ।

प्रतिक्रिया दिनुस