रमेश प्रशाद भट्ट, मंसिर २०
तत्तकालिन नेकपा माओवादी केन्द्र भीमदत्त नगर अध्यक्षका प्रत्यासी बिरेन्द्र सिह साउद राष्ट्रिय स्वतन्त्र पाटी प्रवेस गरेका छन । माओवादी केन्द्र निकट बुद्धिजिवी संगठन केन्द्रीय सदस्य समेत रहेका साउद रास्वपामा प्रवेस गरेका हुन । रास्वपा कञ्चनपुरका युवा नेता ज्ञानेन्द्र महताले पुर्व माओवादी नेता साउदलाई पाटी केन्द्रीय सहप्रवक्ता प्रतिभा रावलले स्वागत गरेकी छिन । रावलले साउदलाई पाटीको ब्याज लगाएर स्वागत गरेकी हुन । प्रवेशपछि प्रतिक्रिया दिँदै साउदले माओवादीमा नेता–कार्यकर्ताबीच संवाद टुटेको, व्यवहार र सिद्धान्तमा अन्तर देखिएको तथा पार्टीमा गुटबन्दी, नातावाद, कृपावाद र भ्रष्टाचार हाबी भएकाले संगठन परित्याग गरी रास्वपामा प्रवेश गरेको बताउनुभयो। देश निर्माणका लागि रास्वपा उपयुक्त शक्ति भएकाले निस्वार्थ रूपमा पार्टी प्रवेश गरेको उहाँको भनाइ थियो। साउद जनज्योति बहुमुखी क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुखसमेत हुनुहुन्छ।
सो अवसरमा आयोजित १ दिने चुनावी रणनीति तथा प्रशिक्षण कार्यक्रममा केन्द्रीय सहप्रवक्ता प्रतिभा रावलको प्रमुख आतिथ्यता, विभागीय उपप्रमुख घनश्याम बिष्ट, विभागीय सचिव ज्ञानेन्द्र महत, विभाग सदस्य डा। जनकराज पन्त, जनक सिंह धामी, झंकर राज जोशीलगायत नेताहरूको उपस्थिति रहेको थियो।

