कञ्चनपुर, मंसिर २५
नेपाली कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुरको आउँदो पुष पहिलो साता जिल्ला एकता सन्देश सभा हुने भएको छ ।
जिल्लाको मध्य भूगोल झलारीमा नेकपा कञ्चनपुरको ७ पुष ०८२मा जिल्ला एकता सन्देश सभा हुने भएको होे । नेकपा कञ्चनपुरका नेता एव तत्तकालिन नेकपा माओवादी केन्द्र जिल्ला संयोजक खेमराज पाण्डेयको अध्यक्षतामा बसेको एकतातयारी बैठकले जिल्ला सन्देश सभा भव्य रुपमा गर्ने निर्णय भएको छ ।
नेकपा नेता खेमराज पाण्डेयले केन्द्र, प्रदेश पछि जिल्लाको एकता सन्देश सभा भव्य रुपमा गर्ने निर्णय भएको र सोही अनुरुप पालिका , वडा, गाँउ टोल स्तरका तयारी बैठक गर्ने निर्णय भएको बताए । पाण्डेय मंसिर २५ पालिका र मंसिर २७ वडा, टोल बैठक, गरेर जिल्ला एकता तयारीमा जुटने बताए । बैठकमा नेकपा कञ्चनपुरका नेताहरु देवीलाल चौधरी, लोकेन्द्र लम्साल, जयराज पाण्डे, लाल बहादुर खडका, प्रकास रावल, बीर बहादुर बुढाथोकी लगायतको सहभागिता रहेको थियो । यस अघि केन्द्र, प्रदेशको जस्तै जिल्लामा पनि भव्य एकता सन्देश सभा गरेर जनअपेक्षा अनुरुप अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

