कञ्चनपुर, मंसिर २५
कञ्चनपुरको कृष्णपुर नगरपालिका २वाणीबंकको उदय माध्यामिक विद्यालयमा आपाङ्गमैत्री शौचालय निर्माण भएको छ । उक्त उदय माध्यामिक सामुदायिक विद्यालयमा आधुनिक आपाङ्गमैत्री शौचालय निर्माण भएको हो ।
बिहीबार एक कार्यक्रमका विच कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन बहादुर साउदले उद्घाटन गर्दै अपाङ्गता भएका विद्यार्थीलाई सहज हुने बताए । अध्यक्ष साउदले सामुदायिक विद्यालयमा निर्माण भएको यस्ता सरचनाले विद्यार्थीलाई सुविधा भएको बताए । वल्डबिभज र एनएनएडडब्लुएको संयुक्त साझेदारीमा बाल, अपाङ्गता तथा लैङिकमैत्री निर्माण तथा मर्मत सम्भार योजना अनुरुप उक्त विद्यालयमा अपाङ्गमैत्री शौचालय भएको जनाएको छ । े उदय माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र पालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन बहादुर साउद, बिशिष्ठ अतिथिमा वल्डभिजनका पोषण अधिकृत छत्रराज भट्ट, एनएनएडब्लूएका कार्यक्रम संयोजक रामेश्वर जैरु सहितका प्रतिनिधी, जनप्रतिनिधी, अभिभावक, शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो । उक्त उद्घाटन कार्यक्रमको संचालन विद्यार्थी बासुदेव पाण्डेय गरेका थिए ।

