केशव थापा, मंसिर २५
कम्युनिष्ट युवा सगठन सुदूरपश्चिम ७नम्बर प्रदेश ब्यूरो बैठक सम्पन्न भएको छ । बिहीबार धनगढीमा कम्युनिष्ट युवा सगठन सुदूरपश्चिम ७नम्बर प्रदेश ब्यूरो बैठक सम्पन्न भएका हो । नेकपा बहुमत निकट उक्त कम्युनिष्ट युवा सगठनका सुप प्रदेश इन्चार्ज दिपेन्द्र सिह ऐरीले बैठकले भ्रष्टाचार बिरुद्ध संघर्षको चेतावनी दिए । भ्रष्टाचार बिरुद्ध तीन महिना अघि २३,र २४भदौँमा जेनजी आन्दोलनले सत्ता पलट भएपनि अझैपनि भ्रष्टाचार निरन्तर भएकाले त्यस बिरुद्ध संघर्षको आवश्यकता रहेको औल्याएको छ । बैठकमा संगठनका केन्द्रीय संयोजक झलक विश्वकर्माको प्रमुख आथित्यमा भएको बैठकमा पाटी प्रदेश इन्चार्ज देवीदत्त पाण्डेय सहितका नेताहरुले भ्रष्टाचार नियन्त्रणमा सशक्त भूमिका निर्वाहमा निर्देशन दिएका छन ।
प्रतिक्रिया दिनुस

