कञ्चनपुर, मंसिर २६

नेपाल विद्यार्थी संघका पुर्व नेता एव नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता पुरोहित बडू प्रतिनिधी सभा सदस्यका आँकाक्षी देखिएका छन । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि काँग्रेसले शुक्रबार आवेदन माग गरेको थियो । जसमा बडूले पनि युवा तर्फबाट आकाँक्षा देखाएका छन । युवा समेत रहेका बडूले अब पाटी र सरकारको जिम्मेबारीमा युवा पङक्ति आउनुपर्ने धारणा अघि सारेर उम्मेदवारी दिएको जनाएको छ ।

बडू सर्मथकदेखि काँग्रेस पक्षले अब पाटीका सबै तह तप्कादेखि राज्य संयन्त्र संचालनमा युवा आवश्यक रहेको औल्याएका छन । उनले आफुलाई पाटी र जनताले दिने जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिज्ञा गरेका छन ।

प्रतिक्रिया दिनुस