महेन्द्रनगर । टिकटक स्टार अन्सु बर्माले नयाँ विद्यालय भवन निर्माणको कार्य अगाडि बढाएका छन् । भीमदत्त नगरपालिका-८ तिलाचौडमा बर्माले साझेदारीमा पाठसाला संचालनका निमित्त भवनको शुक्रबार सिलान्यास गरे ।
एक समारोहका बिच बर्माले नवीन भट्ट संगको साझेदारीमा कक्षा ८ सम्मको विद्यालय संचालनका लागि भवन निर्माणको काम अगाडि बढाइएको बताए ।
उनका अनुसार , झन्डै डेढ करोड लगानीमा निर्माण गरिने उक्त भवन अत्याधुनिक सुबिधा सम्पन्न निर्माण गरिने छ । विद्यालय पहुँच बाहिर रहेका तथा गरिब जेहेन्दार विद्यार्थीहरुलाइ भर्ना र शिक्षा निशुल्क गरिने उनले बताए । विद्यार्थीहरुलाई रुचि अनुसारको क्षेत्रमा अगाडि बढ्नका लागि प्रेरित गरिने उनले बताए ।
प्रतिक्रिया दिनुस

