आदित्य जोशी

कञ्चनपुरका युवा पत्रकार धर्मराज कठायतलाई सम्मान गरिएको छ । जनता टेलिभिजन जिल्ला समाचारदाता कठायतलाई सम्मान गरिएको हो ।

भीमदत्त नगरपालिका ८तिलाचौरको सिद्धनाथ मन्दिर सरक्षण समितिले पत्रकार कठायतलाई सम्मान गरेको जनाएको छ । मन्दिरले गत असोज अन्तिम साता कञ्चनपुर सिद्धनाथ वैजनाथ धार्मिक महामहोत्सव आयोजना गरेको थियो । उक्त महोत्सवमा पत्रकार कठायतले सचार माध्यमबाट विशेष योगदान गरेको भन्दै सम्मान गरेको जनाएको छ ।

मन्दिर समितिका अध्यक्ष गोरख बहादुर पुजारा, सचिव तुलसी भट्ट, कोषाध्यक्ष तारा पुजाराले हस्ताक्षर गरेको सम्मान पत्रमा पत्रकार कठायतले महायज्ञमा अहम भूमिका निर्वाह गरेको भन्दै सम्मान गरेको जनाएको छ । एक कार्यक्रमका विच उक्त सम्मान पत्र जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा र सिद्धनाथ मन्दिर सरक्षण समितिका अध्यक्ष गोरख बहादुर पुजाराले हस्तान्तरण गरेका छन ।

्प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्ष, नेपाल पत्रकार महासंघका पुर्व जिल्ला सदस्य समेत रहेका पत्रकार कठायत डेढ दशकदेखि पत्रकारितामा सकृय छन । उनले समाजले गरेको मुल्याङ्गकन अनुरुप गरिएको सम्मानबाट आगामी दिनमा थप समाजिक काममा प्रेरणा मिलेको बताएका छन ।

प्रतिक्रिया दिनुस