कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीले मंगलबार २७चैत्रमा काठमाण्डौँमा आयोजना गरेको आन्दोलनमा राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्द घाईते भएका छन ।

राप्रपाले व्यवस्था परिर्वतनको माग अघि सारेर काठमाण्डौँमा गरेको आन्दोलनका क्रममा राप्रपा कार्यकर्ता र प्रहरीसंगको झपडमा परेर राप्रपा जिल्ला अध्यक्ष चन्द सहितका नेता कार्यकर्ताहरु घाईते भएका छन ।

राप्रपा सह प्रवक्ता पूर्ण बहादुर चन्दले समाजिक सञ्जालमा प्रहरीको दमनबाट पाटीका कञ्चनपुर अध्यक्ष गजेन्द्र बहादुर चन्दको खुट्टामा चोट लागेको जनाएका छन । घाईते जिल्ला अध्यक्ष चन्दको शिविल अस्पतालमा उपचार भईरहेको छ । आन्दोलनका क्रममा प्रहरी र राप्रपा नेता कार्यकर्ताहरुविच झडप भएको थियो ।

प्रतिक्रिया दिनुस