कञ्चनपुर । कञ्चनपुरमा सरकारी कार्यालयको जमिन ओगटेर खोकाछाप्रा राखेर व्यवसाय गर्दै आएका व्यवसायीहरुले आफै जमिन खाली गर्न लागेका छन । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक तथा सरकारी संस्थाको अतिक्रमित जमिन खाली गराउन सुचना जारी गरेसंगै सरकारी कार्यालयको जमिन ओगटेर खोकाछाप्रा राखेर व्यवसाय गर्दै आएका व्यवसायीहरुले आफै जमिन खाली गर्न लागेका हुन ।

सरकारले देशभरको सरकारी तथा सार्वजनिक क्षेत्रको अतिक्रमण जमिन खाली गराउने योजना अघि सारेसंगै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि ६ र २२ चैत्र बैशाखमा सर्वदलिय बैठकबाट जिल्लाभरी अतिक्रमित सरकारी सार्वजनिक जमिन खाली गर्ने निर्णय गरेको थियो ।

प्रशासनले भीमदत्त नगरपालिका ४ महेन्द्रनगर स्थित यातायात, मालपोत, नापी, घरेलु, आयुर्वोद, राजस्व कार्यालय सहितका सरकारी कार्यालयको आगाडी अतिक्रमित जमिन खाली गराउन सुचना जारी गरेपछि व्यवसायीहरु आफैले खाली गर्न लागेका छन । उनीहरुले प्रशासनको सुचना स्वीकार गर्दै आ–आफ्ना खोकाछाप्रा आफैले हटाउन थालेका हुन । उक्त क्षेत्रको सरकारी जमिन खाली गर्नका लागि प्रशासनले दुई पटक सुचना जारी गरेको थियो ।

सरकारी जमिन अतिक्रमण गरेर बसेका लेखापढीदेखि किराना व्यवसायी आफैले हटाउन थालेपछि प्रशासनलाई जबरजस्त बल प्रयोग गरेर हटाउनुपर्ने बाध्यता टरिरहेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमारी अधिकारीले प्रशासनले जुन जहाँ क्षेत्रमा अतिक्रमण भएको छ, त्यहाँको जमिन खाली गराउन सुचना जारी गरिएको क्षेत्र खाली गर्न स्थानीय अग्रसर राम्रो विषय भएको बताए । ‘जहाँ अतिक्रमण गरेर बसेका छन, त्यहाँ त्यहाँ सुचना जारी भएको छ, ‘प्रजिअ अधिकारीले भने, ‘अतिक्रमित क्षेत्र जसरी पनि खाली गछौँ, हटाउँछौँ ।’ जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले सरकारी आब्हानलाई आत्मसाथ गर्दै सभ्य नागरिकहरु आफैअतिक्रिमित क्षेत्र खाली गराउन लागेको जनाएका

छन ।

प्रतिक्रिया दिनुस