कञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक विद्यालयलाई स्कुल बस पाईएको छ । भीमदत्त नगरपालिका १९बागफाँटामा रहेको लक्ष्मी माध्यामिक विद्यालयलाई स्कुल बस पाईएको हो ।

भारतीय दुताबासले लक्ष्मी माध्यामिक विद्यालयलाई एक स्कुल बस दिएको जनाईएको छ ।

लक्ष्मी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक प्रमानन्द नाथले विद्यायले एक बर्ष अघि स–सना बालबालिका ओसार्नका लागि बस माग गरेको बताए ।

प्रअ नाथले विद्यालय बस प्राप्त गरेसंगै विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबा–सना बालबालिका ओसार्नका लागि बस माग गरेको बताए ।

प्रअ नाथले विद्यालय बस प्राप्त गरेसंगै विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म पु¥याउन सहज हुने बताए ।

पछिल्ला बर्षहरुमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि प्रयासरथ रहेको लक्ष्मी माविमा हाल गणित पार्क निर्माणदेखि विद्यार्थी भर्ना अभियान श्ुरु भएको प्रअ नाथले बताए ।

लक्ष्मी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले विद्यालयमा टाढाका विद्यार्थीको पहुँच र सजताका लागि बस माग गरे अनुरुप पाईएको बताए । अध्यक्ष भण्डारीले आगामी दिनमा समेत विभिन्न निकायबाट विद्यालयको बृद्धि विकासका लागि सहयोग माग गरिने बताए । आइतबार काठमाण्डौँमा एक कार्यक्रमका विच अर्थमन्त्री बर्षमान पुन र भारतीय राजदुत नविन श्रीवास्तले लक्ष्मी माविका प्रअ प्रमानन्द नाथ र अध्यक्ष दशरथ भण्डारीलाई उक्त बस हस्तान्तरण गरेका थिए । लक्ष्मी माविले बस पाएसंगै कञ्चनपुर ल्याईन लागिएको छ ।

प्रतिक्रिया दिनुस