कञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक क्याम्पस स्कुल बस पाईएको छ । बेलौरी नगरपालिका ६ बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसलाई स्कुल बस पाईएको हो ।

जिल्लाको दक्षिणी क्षेत्र बेलौरीमा रहेको महाकाली बहुुमुखी क्याम्पसलाई भारतीय दुताबासले एक स्कुल बस दिएको जनाईएको छ ।

महाकाली बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष हरेन्द्र विष्ट(होसियार)ले टाढाटाढाका विद्यार्थी ओर्सानका लागि बस माग गरिएको बताए । बस पाईएसंगै विद्यार्थीलाई क्याम्पस आउन सहज हुने अध्यक्ष विष्टले बताए । पछिल्ला बर्षहरुमा दक्षिणी क्षेत्रकै उच्च शिक्षाको हब बनिरहेको महाकालीमा विद्यार्थी बस पाईएसंगै थप सुविधा हुनेछ ।

आइतबार काठमाण्डौँमा एक कार्यक्रमका विच अर्थमन्त्री बर्षमान पुन र भारतीय राजदुत नविन श्रीवास्तले महाकाली बहुमुखी क्याम्पस प्रमुख धर्मराज जोशीलाई बस पाएसंगै कञ्चनपुर(बेलौरी) ल्याईन लागिएको छ

प्रतिक्रिया दिनुस