कञ्चनपुर । कञ्चनपुरको एक पालिकाका दुई वडा कार्यालयलाई एम्बुलेन्स पाईएको छ । भीमदत्त नगरपालिका १३ र १६ दुई वडा कार्यालयलाई एम्बुलेन्स पाईएको हो । आइतबार एक कार्यक्रमका विच भारतीय दुताबासले भीनपा १३ र १६ वडा कार्यालयलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । भीमदत्त नगरपालिका १३का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले वडाका जनताको समस्यालाई मध्य नजर गर्दै भारतीय दुताबासलाई वडाबाट एम्बुलेन्स माग गरिएको बताए । सो अनुरुप वडालाई एम्बुलेन्स पाईएको बताए ।

भीमदत्त नगरपालिका १६का वडाध्यक्ष केशव विष्टले वडाका जनतालाई स्वास्थ्य सेवा बृद्धि गर्ने उदेश्यका साथ एम्बुलेन्स माग गरिएको बताए । वडाध्यक्षद्वय बोहरा र विष्टलाई काठमाण्डौँमा एक कार्यक्रमका विच अर्थमन्त्री बर्षमान पुन र भारतीय राजदुत नविन श्रीवास्तले एम्बुलेन्स हस्तान्तरण गरेका थिए । कञ्चनपुर जिल्लाभरी ९२वडा मध्ये उक्त दुई वडालाई एम्बुलेन्स पाईएसंगै दुवै वडाले जनताको स्वास्थ्य समस्या मध्य नजर गर्दै संचालन गर्ने प्रतिज्ञा गरेका छन।

प्रतिक्रिया दिनुस