प्रकास भट्ट

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका एक वडा कार्यालयले पहिलो पटक वडाका जनतालाई एकीकृत घुम्ती सेवा दिएको छ । बेदकोट नगरपालिका ८ नम्बर वडा कार्यालयले पटक वडाका जनतालाई एकीकृत घुम्ती सेवा दिएको हो । सम्भवत यसरी वडा कार्यालयले जनतालाई एकै पटक एकीकृत घुम्ती सेवा दिने जिल्लामै पहिलो वडा भएको छ ।

बेदकोट नगरपालिका ८ ले सोमबार एकीकृत घुम्ती सेवाको समापन गरेको छ । दुई दिने एकीकृत घुम्ती सेवामा हजारौँ नागरिकलाई सेवा प्रदान गरेको जनाएको छ । बेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेशराज जोशीले चालु शैक्षिक सत्रमा विद्यालय भर्ना अभियानसंगै स्वास्थ्य, शिक्षा, सिफारिस सहितका विवित सेवा प्रदान गरिएको बताए ।

टोल टोलमै गएर वडाबाट प्रदान गरिने सम्पूर्ण सेवा दिईएका छन । वडाध्यक्ष जोशीले आफु निर्वाचित भएको २३ महिनामा गरेको कामकाजको समिक्षा सहित दुई दिने वडाबाट प्रदान हुने सबै सेवा जनताकै घरदैलोमा गएर दिएको बताए । नेकपा एकीकृत समाजवादी बेदकोट नगरका अध्यक्ष समेत रहेका वडाध्यक्ष जोशीले आफ्नो कार्यकालमा गरेका कामकाज बारे जनतासंग समिक्षा, सुझाव संकलनदेखि आगामी आर्थिक बर्षको नीति, कार्यक्रम योजना बारे छलफल गरेको बताए ।

‘मैले चुनावका बेला जनतासंग गरेका बाचा अनुरुप दुई दिन जनताकै घरदैलोमा गएर सबै सेवा दिएको छु, ‘उनले भने, ‘जे जे वडाबाट सेवा दिन्छौँ, त्यही दुई दिन जनताकै घरमा पुगेर दिएका छौँ, गाउबस्तीमा पुग्दा जनताले सुझाव, आलोजना एव हामीबाट थुप्रै अपेक्षा राखेका छन ।’ पुर्व विद्यार्थी नेता समेत रहेका वडाध्यक्ष जोशीले आफ्नो वडामा रहेका दुई विद्यालयमा विद्यार्थी संख्या बृद्धि र कोही पनि वडाका जनताका छोराछोरी विद्यालयबाट बञ्चित नगर्ने उदेश्यका साथ अभियान थालिएको बताए ।

चालु शैक्षिक सत्र ०८१ मा विद्यार्थी भर्ना अभियान संचालन भईरहेका बेला ‘सबै बालबालिका विद्यालयमा सहभागिता, गुणस्तरिय शिक्षा प्राप्तीप्को सुनिश्चिता’ मुल नारा अघि सारेर शिक्षा स्थानीय सरकारको पहिलो कर्तव्य भएकाले सो अभियान समेत सफल पार्ने लक्ष्य रहेको बताए । आइतबार शुभकामना टोलदेखि शुरु भएको घुम्ती सेवा कञ्चन टोल, शिवशक्ति टोल, वडा हल हुँदै सोमबार बैजनाथ टोल पुस्तकालय प्राङग त्रिवेणी चोकमा समापन गरिएको छ । वडाध्यक्ष जोशीले दुई दिने एकीकृत सेवा मार्फत प्रदान गरिएका थप सेवा आगामी दिनमा समेत संचालन गर्ने बताए ।

एकीकृत घुम्ती सेवाको समापन गर्दै बेदकोट नगर उपप्रमुख तुलसी जोशीले एकीकृत घुम्ती सेवा प्रभावकारी भएको बताए । ‘जो जनता विवित कारण वडा एव सम्बन्धीत कार्यालयमा जान नसक्ने अवस्थामा थिए, उनीहरुका लागि यो घुम्ती सेवा प्रभावकारी भएको छ, ‘उनले भनिन, ‘आगामी दिनमा समेत अन्य वडाहरुलाई उक्त सेवा शुचारुका लागि प्रेरित गछौँ ।’

कञ्चनपुरका ९२वडामध्ये उक्त बेदकोट नपा ८ ले यो पहिलो सेवा प्रदान गर्न थालेको जनाईएको छ । सेवा पाएका स्थानीयहरुले समेत वडाबाट प्रदान भएको एकीकृत घुम्ती सेवाले राहत पाईएको बताएका छन ।

बेदकोट नगरपालिका ८ गाउजीकी स्थानीय रतना लुहारले वडाबाट प्रदान हुने सेवा घुम्ती शिबिर मार्फत घरदैलोमै आएर पाएको भन्दै खुसी व्यक्त गरिन् । बेदकोट ८बैजनाथ टोलका पदम धामीले वडाले एकीकृत सेवा दिएर नागरिकलाई स्थानीय सरकार भएको आभास प्रकट गरेको बताए । स्थानीयले समेत आगामी दिनमा समेत यस्तै घुम्ती शिबिर मार्फत सेवा प्रदानमा जोडदिएका छन ।

प्रतिक्रिया दिनुस