महेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले दुई महिने रूपान्तरण अभियानको शुभारम्भ समारोह सम्पन्न गरेको छ। सुदूरपश्चिमका नौ वटै जिल्लामा सोमबार एकैसाथ शुभारम्भ समारोहको आयोजना गरी दुई महिने रूपान्तरण अभियान कार्यक्रम सुरु भएको हो। पार्टीका नियमित तथा थप नयाँ कार्यक्रमहरू सहित दुई महिने रूपान्तरण अभियान सञ्चालन हुने नेकपा माओवादी केन्द्रले जनाएको छ। सोमबार कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा भएको शुभारम्भ समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज टेकेन्द्र प्रसाद भट्टले प्रमुख अतिथिको भूमिकाबाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका साथै कम्युनिस्ट नेता लेलिनको सतभाषिकीका अवसरमा उहाँले कम्युनिष्ट पार्टी र साम्यवादीका क्षेत्रमा पुर्‍याउनुभएको योगदानको विषयमा चर्चा गर्नुभएको छ। साथै प्रमुख अतिथि भट्टले दुई महिने रूपान्तरण अभियानले नेपाल कम्युनिस्ट पार्टीलाई सुदूरपश्चिममा नयाँ उचाइमा पुर्याउने विचार व्यक्त गर्नुभएको छ । कार्यक्रममा केन्द्रीय सदस्य लोकेन्द्र लम्साल माया नेगी देवीलाल चौधरी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कञ्चनपुर जिल्लाका संयोजक खेम पाण्डेले गर्नुभएको थियो। विभिन्न जनवर्गीय संगठन का प्रतिनिधि र नेताहरूको उपस्थितिमा भएको कार्यक्रमको सञ्चालन जिल्ला पार्टी सचिव सहवीर सुनारले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुस