कञ्चनपुर । कञ्चनपुरको उत्तरी क्षेत्र हल्दुखाल गाँउमा एक जोशी परिवारले घरमै श्रीमद भागवत महापुराण ज्ञान महायज्ञ आयोजना गरेको छ । भीमदत्त नगरपालिका ७ हल्दुखालमा जोशी दाम्पत्ती(प्रजापती जोशी÷रुद्रगौरी जोशी)ले घरमै श्रीमद भागवत महापुराण ज्ञान महायज्ञ आयोजना गरेको हो । चौरासी दान कार्य सहित श्रीमद भागवत महापुराण ज्ञान महायज्ञ आयोजना गरेको जोशी परिवारले जनाएको छ ।

प्रजापती जोशी÷रुद्रगौरी जोशी)का जेष्ठ पुत्र कृष्णदत्त जोशीले घर परिवार, गाँउ समाजमा शान्तिका साथै आध्यात्मिक विधीबाट ज्ञान आर्जन गर्दै मानिसलाई कर्तव्यनिष्ठ बनाउने उदेश्यका साथ जोशी परिवारकै निजी खर्चमा महायज्ञ लगाईएको बताए । उनका अनुसार धार्मिक संस्कारको सरक्षणका साथै मानिसलाई बौद्धिक नैतिकवान बनाउँदै घर परिवार, समाज र राष्ट्रका लागि कर्तव्यनिष्ठ बनाउने र मानिसको मुक्तिका लागि लक्ष्य रहेको बताए । महायज्ञ कार्यक्रममा ब्रतबन्ध सहित विवित धार्मिक कामकाज गरिएका छन । महायज्ञमा प्रमुख कथाबाचक पण्डित नन्दराज भट्ट रहेका छन । पण्डित भट्टले दैनिक विवित धार्मिक विषयमा कथाबाचन गरिरहेका छन । यस अघि पनि जोशी परिवार ७पटक साना ठुला महायज्ञ संचालन गरिसकेको छ । प्रजापती÷रुद्रगौरी जोशीका कनिष्ट पुत्र सुवर्ण प्रशाद जोशीले ४ बैशाखदेखि शुरु भएको महायज्ञको बुधबार औपचारिक रुपमा समापन गरिनेछ । उक्त महायज्ञ कार्यक्रममा प्रजापती÷रुद्रगौरी जोशीका एक छोरी सबै छोरा सहित घर परिवार, ईष्टमित्र, आफन्त, गाँउले छरछिमेकी सहितका श्रद्धालुजन सहभागि रहेका छन ।

प्रतिक्रिया दिनुस