कञ्चनपुर । कञ्चनपुर महेन्द्रनगर स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जमिन भाडामा लिएर व्यवसाय गर्दै आएकाहरुले घर खाली गर्नका लागि समयको माग अघि सारेका छन । झण्डै एक दशकदेखि भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बसपार्क क्षेत्रमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जमिन भाडामा लिएर विभिन्न व्यवसाय गर्दै आएका व्यवसायीहरुले घर खाली गर्नका लागि समयको माग अघि सारेका हुन ।

बुधबार भीमदत्त नगरका जनप्रतिनिधीलाई भेट्दै उनीहरुले जेठ १५ गतेसम्म घर खाली गर्न समय दिनुपर्ने माग अघि सारेका छन । उनीहरुले आफुहरु अतिक्रमणकारी पनि नभएको स्पष्ट पार्दै विगतमा सरकारी निकायले दिएको ठेक्का अनुरुप ठेकेदारबाट जमिन लिजमा लिएर व्यवसाय गर्दै आएको बताएका छन ।

चालु आर्थिक बर्षमा भाडा सलकनकर्ता भूमिराज ढुवानी सेवा र खाद्य कार्यालयविचको आपसी विवादले आफुहरु शिकार बनेको दुखेसो पोखेका छन । उनीहरुले विगतदेखि आफुहरुले नियमित भाडा लिएर अहिलेपनि माघसम्मको भाडा दिएको ठेकेदार आफै भाडा उठाउन नआएपछि आफुहरुको लाखौँको लगानी खेर गएको बताएका छन ।

उक्त स्थानका व्यवसायी भीम ठगुराठीले आफुहरुलाई सरकारले त्रसित बनाएको दुखेसो पोखे । उनले लाखौँ लगानी गरेर व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई एक्कासी खाद्यले प्रशासनसंग अनुरोध गरेर हटाउन खोजेको बताए । उनले आफुहरु अतिक्रमणकारी नभए व्यवसाय गर्दै आएका व्यापारी भएको र साना व्यवसायीलाई गरिखान नदिने गिरोहको षड्यन्त्रको जालोमा आफुहरु परेको बताए ।

‘हामीले नियमित भाडा तिरेकै थियौँ, तिर्दा तिर्दै पनि आफुहरुमाथि यत्रो अन्याय भयो, ‘उनले भने, ‘अहिले दैनिक बजारमा आएर माईकिङ्ग गरेर व्यवसायी मात्रै नभई कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई समेत डिस्टर्ब गरेका छन ।’ उनले भीनपा ४ का वडाध्यक्ष शुशिल कुमार भट्ट, भीमखत्त नगरकी उपमेयर निलक लेखकसंग भेटघाट गरेर घर खाली गर्नका लागि आउँदो १५जेठसम्म समय दिनुपर्ने माग अघि सारेको बताए । ‘हामीले व्यवसायी खाली गर्न कक्षा १२का विद्यार्थीको परीक्षा मध्य नजर गरेर समय मागेका छौँ, ‘उनले भने, ‘यति पनि मानविय रुपमा सहयोग नगरेर हामीले केही भन्नु छैन ।’

उक्त स्थानमा परिवारसंगै बस्दै आएकी जनकला ढकालले छोरीको परीक्षाकै बेला दैनिक घर खाली गर्नका लागि माईकिङ्गबाट एकातिर छोरीको परीक्षा बिग्रीरहेको र अर्कातिर व्यवसाय चौपट भईरहेको बताए । उनले ठाँउ छाड्न खाली गराउन समय दिनुपर्ने बताईन । अर्का स्थानीय राजेन्द्र धामीले १०औँ बर्षदेखि नियमित व्यवसाय गरेर भाडा र कर तिरेर कारोबार गर्दै आएका व्यवसायीलाई अतिक्रमणकारीको संज्ञा दिनु दुखत विषय भएकाले आफुहरु अतिक्रमणकारी नभएको दावि गरेका छन । उनले ठेकेदार र सरकारी निकायविचको सम्बन्ध बिग्रीएको आफुहरु जस्ता गरिखाने साना व्यवसाय मारमा परेको बताए । अन्यन्त्र व्यवस्थापनका लागि आफुहरुलाई समय दिनुपर्ने उनको भनाई छ । उनले विद्युतबाट समेत यो प्रचण्ड गर्मीका बेला विद्युत काट्ने काम भएकाले त्यस्तो नगर्न र सो निरन्तर गरीराख्ने आन्दोलनको चेतावनी दिए । भीमदत्त नगरपालिका ४का वडाध्यक्ष शुशिल कुमार भट्ट र उपप्रमुख निलम लेखकले घर खाली गर्न समय माग गरेको र कक्षा १२का विद्यार्थीको परीक्षाको विषयलाई मध्य नजर गर्दै आफुले प्रशासनलाई अनुरोध गर्ने बताईन । यसरी आफै घर खाली गछु भन्दै समय माग गर्ने उनीहरुलाई समय दिएर ढिलै भएपनि डोजर बिनै सौहार्दपुर्ण वातावरणमा खाली गर्ने वातावरण मिलाउनुपर्नेदेखि भावि दिनमा उक्त स्थानमा सटर बने पहिलो प्राथमिकतामा अहिले व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई दिनुपर्नेमा राजनीतिक दल, नागरिक समाजको जोडरहेको छ ।

 

प्रतिक्रिया दिनुस