कञ्चनपुर । कञ्चनपुरको नमुना महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण स्कुल)मा एक अर्को नयाँ भवन निर्माण भएको छ । भीमदत्त नगरपालिका १८ कटान स्थित महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण स्कुल)मा एक अर्को नयाँ भवन निर्माण भएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले लगानीमा ३तले १२कोठे विद्यालय भवन निर्माण गरिएको थियो । बुधबार एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा.हरि प्रशाद लम्सालले भवनको उद्घाटन गर्दै प्रदेशमै सामुदायिक विद्यालय मध्ये महेन्द्रनगर नमुना माविले गरिरहेको शैक्षिक गुणस्तर बृद्धिप्रति प्रसंसा गर्दै थप स्तरिय बनाउनुपर्नेमा जोडदिए । प्रदेश सरकारका प्रमुख सचिव लम्सालले प्रदेश सरकारबाट समेत सामुदायिक विद्यालय सुधारका लागि सहयोगको बचन दिएका छन ।
कार्यक्रममा भीमदत्त नगरका उपप्रमुख निलम लेखक जोशीले पनि सामुदायिक विद्यालयको शैक्षिक स्तर बृद्धि गरिरहेको उक्त विद्यालयले बृद्धि विकासमा पालिकाबाट सहयोगको प्रतिबद्धता जाहेर गरेकी छिन । कार्यक्रममा प्रद्यानाध्यापक देवराज भट्टले नयाँ भवन निर्माणसंगै शैक्षिक कामकाज गर्न सहज भएको बताए । उनले विज्ञान प्रयोगशाला र आईसिटी ल्याबका लागि भवन आवश्यक रहेको औल्याए । प्रअ भट्टले स्थानीय, प्रदेश र संघीय तीनै सरकारलाई भौतिक सहयोगका लागि आब्हान गरेका छन ।
नवनिर्मित भवन उद्घाटन कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टले थप विद्यालयको भौतिक बृद्धि विकासका लागि तीनै तहका सरकारलाई पहल गर्ने बताए । अध्यक्ष विष्टले सामुदायिक विद्यालय सुधारका लागि अभिभावक, विद्यार्थी, शिक्षक एव सरोकारवाला निकाय अग्रसर हुनुपर्नेमा जोडदिए । लेखा प्रमुख महानन्द पाण्डेयले नर्सिङ्ग जगदम्बा राखी कस्ष्ट्रक्सन प्रालिले झण्डै २ करोड १८लाख बजेटमा भवन निर्माण गरेको बताए । विद्यालयका सहायक प्रद्यानाध्यापक सरस्वती भाट(धामी)ले संचालन गरेको कार्यक्तममा अभिभावक, विद्यार्थी, सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस