कञ्चनपुर । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले सुदूरपश्चिम प्रदेश कैलाली–कञ्चनपुर सहित पहाडी जिल्लाबाट लागु औषधका तस्कर तह लगाईरहेको छ । लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरले सुप प्रदेशभरीबाट लागु औषधका तस्कर तह लगाईरहेको हो ।

ब्यूरोले सुदूपश्चिम नेपाल मात्रै नभई भारतीय लागु औषधका तस्कर समुहलाई समेत तह लगाईहेको छ । औषध नियन्त्रण ब्यूरोले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, कैलाली सहित पहाडी जिल्लाका प्रहरीसंगको संयुक्त अप्रेसनमा लागु औषधका तस्कर भारतीय तथा नेपालीहरुलाई पक्राउ गरेको छ ।

गत फागुनदेखि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुखको जिम्मा सम्हालेका एसपी चक्रराज जोशीले स्थानीय जनताको लागु औषध बिगबिगीबारे गुनासो सुनेपछि लागु औषध नियन्त्रणमा चासो दिएपछि तस्कर धमाधाम प्रहरीको फन्दामा परिहेका छन ।

लागु औषध नियन्त्रण ब्यूरो महेन्द्रनगरका अनुसार केही दिन पहिले बरेलीका रहिद अहमदलाई ब्रम्हदेब, धनगढीबाट भारतको लखिमपुरका करन राना सहित ठुला भारतीय तस्करलाई पक्राउ गरेको थियो । बुधबार पनि ब्यूरोले कञ्चनपुरका विभिन्न स्थानबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेदकोट नपा ७ सुडाका विवेक चौधरी, भीनपा १८का कमल चन्दलाई पक्राउ गरेको छ । चौधरीको साथबाट ३.९ग्राम ब्राउन सुगर र चन्दको साथबाट २६०मिनिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो हिरोईन बरामद गरेको छ । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पठाईएको छ । कञ्चनपुर प्रहरीले पक्राउ परेका चौधरी र चन्दमाथि थप अनुसन्धान भईरहेको जनाएको छ । ब्यूरोले विगतका बर्षदेखि लागु औषधका तस्कर, सेवनकर्ताहरुलाई पक्राउ गर्दै नियन्त्रणमा लिईरहेको छ । लागु औषधले समानका किशोर,युवा ध्वस्त भईरहेका बेला लागु औषध नियन्त्रण ब्यूरो र कैलाली, कञ्चनपुर प्रहरी सकृय भएका छन ।

प्रतिक्रिया दिनुस