कल्पना साउद 

कञ्चनपुर । वनजङ्गल संरक्षण गर्न आदिवासी जनजातिको ठूलो भूमिका रहेको छ ।जिल्लाको लालझाडी गाउँपालिकाको सभाहलमा शुक्रबार आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रको आयोजनामा नेपालको राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र अधिकारमा आधारित संरक्षण छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।

 

 

उक्त कार्यक्रममा वनजङ्गल संरक्षण गर्न आदिवासी जनजातिको ठूलो भूमिका रहेको आदीवासी जनजाती अनुसंधान समितिका अध्यक्ष नरेन्द्र लामाले बताएका छन् । नरेन्द्र लामाले भने,” वनजङ्गल जोगाउनु पर्छ,त्यसका लागि आदीवासी जनजातीको संरक्षण गर्न सकिएन भने जलवायु परिवर्तनलाई पनि रोक्न सकिँदैन भनेर वैज्ञानिकहरुले पनि पुष्टि गरेको छ, त्यसैले आदिवासी जनजातिको सीपलाई ध्यानमा राखेर वनजङ्गलमा आधारित अधिकार आदिवासी जनजाति समुदायलाई दिए अझै आदिवासी जनजाती र वनजङ्गलको सदुपयोग र विकास हुने बताएका छन् ।”

 

 

यसैगरी उपाध्यक्ष सपना चौधरीले आदिवासि जनजातीहरुलाई मध्यनजर गर्दै उहाँहरुको पहुँचका निमित्त पालिकाबाट बजेट विनियोजित गरेको र आगामी दिनमा पनि आदिवासि जनजातीको हक हितका निमित्त आफुबाट हुने सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।

 

 

त्यसै गरी कार्यक्रममा बोल्दै बेलौरी नगरपालीका प्रमुख पोतीला चौधरीले पनि आदिवासि जनजातीले वनजङ्गल संरक्षण गरेको इतिहास रहेको र आदिवासि जनजाती समुदायमा मानिस एकदम इमान्दार र सोझा भएकै कारण धेरै अन्यायमा परेका बताएका छन्।उनले भने,” आदिवासि जनजाती समुदायले स्वयम् आफ्नै देशमा केही गरेर खान जानेका छन्,वर्षभरि खाने परिकारहरुको जोहो गर्न जानेको बताए ।”

 

 

प्रमुख अतिथी समेत रहेका पुर्नवास नगरपालीका प्रमुख तोयनाथ शर्माले पनि आदिवासि जनजाती समुदायले वनजङ्गलको सदुपयोग गरेर उक्त सामुदायिक मानिसले आफ्नै देशमा केही काम गरेर राखेको र उनीहरूको हक हितका निमित्त पालिकाबाट हुने आर्थिक सहयोग गरेको र आगामी दिनमा पनि गर्ने बताएका छन् ।

 

 

वनजङ्गलको छेउमै बसेर वनजङ्गलको संरक्षण गर्दै आएका आदीवासी जनजाती समुदायका मानिसहरूलाई वनजंगलमा जान समेत अधिकार नदिएको धेरै दुःख खेप्नु परेको प्रकाश रानाले बताएका छन् । उनका अनुसार आदीवासी जनजाती समुदायको समस्याको समाधानका निमित्त वनजङ्गलमा आधारित अधिकार प्राप्त भए झन् सहज हुने बताएका छन् ।

 

 

आदीवासी जनजाती अनुसंधान समितिकी कोडिनेटर प्रेमवती रानाले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथीमा पुर्नवास नगरपालीका प्रमुख तोयनाथ शर्मा, विशिष्ट अतिथिमा बेलौरी नगरपालीका प्रमुख पोतीला चौधरी,अतिथिमा लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी, डिभिजन वन कार्यालयका प्रमुख भीम प्रसाद कँडेल, आदीवासी जनजाती महासंघ कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठ, तीन पालिकाका भलमन्सा अध्यक्षहरु, विश्वविद्यालय काठमाण्डौका विध्यार्थी,आदीवासी जनजाती अनुसंधान समितिका अध्यक्ष नरेन्द्र लामा लगायत आदिवासी,भूमिहीन,सुकुम्बासी,आरक्ष पीडित,पत्रकारहरुको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुस