कञ्चनपुर । क्रान्तिकारी कम्युनिष्ट पाटी(बैद्य) निकट अखि क्रान्तिकारीले चालु शैक्षिक सत्र ०८१मा विद्यार्थी भर्नाका नाममा सरकारी तथा निजी विद्यालयले अभिभावकको ढाड सेक्ने गरेर लुट मच्चाईरहेको आरोप लगाएको छ ।

चालु शैक्षिक सत्रमा सामुदायिक विद्यालयले लिन नमिल्ने भर्ना शुल्क घुमाउने हिसाबले अशुलिरहेको र निजी विद्यालय किताब परिर्वतन, युनिफम सहितका शैक्षिक समाग्री खरिदमा सिण्डिगेट गरेर लुट मच्चाईरहेको आरोप लगाएको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै जिल्लाका निजी तथा सरकारी विद्यालयले भर्ना अभियानमा कमाउधन्दा चलाईरहेको भन्दै विद्यार्थीलाई मर्कामा पार्ने कामबारे क्रान्तिकारीले गम्भिर चासो दिएको जनाएको छ ।

क्रान्तिकारी कञ्चनपुरका संयोजक बिरेन्द्र नाथद्वारा हस्ताक्षरित गरिएको प्रेस नोटमा अभिभावकलाई ऋणको भारी बोकाउनेदेखि विद्यार्थीलाई मर्कामा पार्ने काम गरेर त्यस बिरुद्धमा क्रान्तिकारीले सशक्त आन्दोलनको चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुस