कृष्ण नेपाली

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको माेडर्न मन्टेश्वरी स्कुलमा याेग शिक्षा सुरु भएको छ । कञ्चनपुरकाे भि न पा २ उल्टाखामकाे माेडर्न मन्टेश्वरी बाल विद्यालयले याेग शिक्षा सुरु गरेकाे हाे। विद्यालयमा विद्यार्थीकाे चौतर्फी विकासका लागि र गुणस्तरीय शिक्षाका स्वास्थ्यका याेग शिक्षा सुरु भएको विद्यालयका प्रिन्सिपल प्रेम सिंह पुजाराले बताउनुभयो । आगामी दिनहरुमा योग शिक्षालाई निरन्तरता दिने प्रिन्सिपल पुजाराले बताए ।

विद्यालयका विद्यार्थीलाई नियमित रूपमा विद्यालयमा याेग शिक्षा दिइने याेग शिक्षक भिमसेन नायकले जानकारी गराउनु भएको छ । जंगफडको शिकार बालबालिकाको स्वास्थ्यका लागि योग शिक्षा अनिवार्य रहेको शिक्षक नायकले भने ।

प्रतिक्रिया दिनुस