कल्पना साउद

अमर शहिद भीमदत्त पन्त स्मृति प्रष्ठिानको अध्यक्षमा हरि प्रशाद जोशी चयन भएका छन । अमर शहिद भीमदत्त पन्त स्मृति प्रष्ठिानको शनिबार महेन्द्रनगरमा सम्पन्न भएको २३ औं बार्षिक साधारणसभा तथा चौथो केन्द्रीय अधिवेशनबाट जोशी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । उपाध्यक्षमा नन्दा धामी, सचिवमा कर्णबहादुर चन्द, सह–सचिवमा धर्मा रोकाया र कोषध्यक्षमा रामचन्द्र शाह चयन भएका छन । यस्तै सदस्यहरुमा प्रदिप राना, खगेश्वरी जोशी पनेरु, चन्द्रा अवस्थी, शारदा भट्ट रहेका छन । अमर शहिद भीमदत्त पन्त स्मृति प्रष्ठिानको अध्यक्षमा चयन भएका हरि प्रशाद जोशीले प्रतिष्ठानको बृद्धि विकासका साथै सहिद भीमदत्त पन्तले अंगालेका विषय अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रममा बरिष्ठ साहित्यकार कल्यान सिह ओझा र समाजसेवी गंगाराम गिरीलाई सम्मान गरिएको छ । अमर शहिद भीमदत्त पन्त स्मृति प्रष्ठिानका निर्वतमान अध्यक्ष खेम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सुप प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी प्रमुख अतिथि रहेका थिए ।

प्रतिक्रिया दिनुस