कञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक विद्यालयले जेहेन्दार विपन्न विद्यार्थीलाई पोषाक तथा शैक्षिक समाग्री वितरण गरेको छ । बेदकोट नगरपालिका १ हात्तीथला स्थित सिद्धनाथ आधारभूत विद्यालयले जेहेन्दार विपन्न विद्यार्थीलाई पोषाक तथा शैक्षिक समाग्री वितरण गरेको हो । शनिबार विद्यालयले अभिभावक भेला गर्दै नव आगन्तुक विद्यार्थीको स्वागत, सम्मान एव विद्यालयको बृद्धि विकासमा सहयोग गर्ने अभिभावकलाई सम्मान गरिएको छ । सिद्धनाथ आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले नयाँ चालु शैक्षिक सत्र ०८१मा भर्ना भएका विद्यार्थीको स्वागत, अभिभावक, जनप्रतिनिधीसंग सामुदायिक विद्यालयको सुधार बारे छलफल एव जेहेन्दार विपन्न विद्यार्थीलाई पोषाक वितरण गरिएको बताए । उनका अनुसार बेदकोट नगरपालिका १वडा कार्यालयको सहयोगमा ४०जना छात्रछात्रालाई पोषाक सहित शैक्षिक समाग्री वितरण गरिएको छ । कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका सिद्धनाथ आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले सामुदायिक विद्यालयको बृद्धि विकासका लागि आब्हान गरेका छन । अध्यक्ष धामीले राज्यको लगानीमा संचालित रहेका विद्यालय सुधारका लागि समुदायदेखि सरकार उत्तिकै जिम्मेबार रहेको बताए । कार्यक्रममा प्रअ धन बहादुर बोहराले विगत भन्दा पछिल्ला बर्षहरुमा विद्यार्थी बढिरहेको बताए । बिशिष्ठ अथिति समेत रहेका बेदकोट नगरपालिका १का वडाध्यक्ष रमेश भण्डारीले वडाको सामुदायिक विद्यालय सुधारका लागि पहल गर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेदकोट नगर प्रमुख भोजराज बोहराले सिद्धनाथ आधारभूत विद्यालयले शैक्षिक स्तर बृद्धिका लागि गरिररहेको कामकाजको उच्च प्रसंसा गर्दै भावि दिनमा सहयोगको प्रतिबद्धता जोहर गरेका छन । स्थानीय अभिभावकले युवा दल बहादुर धामीले विद्यालय व्यवस्थापन समितिको नेतृत्व सम्हालेदेखि विद्यालय सुधारका कार्यक्तम अघि बढेको र भावि दिनसम्मै निरन्तरतामा जोडदिएका छन ।

प्रतिक्रिया दिनुस