कञ्चनपुर । चितुवाको आक्रमणमा परेर घाईते भएका शुक्लाफाँटा नगरका स्थानीय रबिन्द्र सिह धामीको उपचारका लागि एक सामुदायिक वनले आर्थिक सहयोग गरेको छ ।

शुक्लाफाँटा नगरपालिका ८ पारीफाँटामा रहेको भगवती सामुदायिक वन उपभोक्ता समुहले चितुवाको आक्रमणमा परेर घाईते भएका रबिन्द्र सिह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको हो ।

भगवती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष केशव धामीले चितुवाको आक्रमणमा परेर घाईते धामीको उपचारका लागि समुहबाट मानव वन्यजन्तुद्वन्द्व न्यूनिकरण विपद् व्यवस्थापन कोष मार्फत नगद २० हजार सहयोग गरिएको बताए । आईतबार घाईते धामीका आफन्तलाई भगवती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष केशव धामीले चेक हस्तान्तरण गरेका छन । १४ बैशाखमा चितुवाको आक्रमणमा परेर घाईते भएका धामीको अस्पतालमा उपचार भईरहेको छ । चितुवा पीडित घाईते धामीको परिवारले देशमा तीन सरकार भएपनि सामुदायिक वनबाट उपचार खर्च दिएको भन्दै खुसी व्यक्त गरेका छन ।

 

प्रतिक्रिया दिनुस