धनसिह धामी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक सशस्त्र प्रहरी बल नेपालले विद्यालय संचालनमा ल्याएको छ । सशस्त्र प्रहरी बलले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ झलारीपिपलाडीमा ‘नेपाल एपिएफ स्कुल’ संचालनमा ल्याएको हो । सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी कोषले चालु शैक्षिक सत्र ०८१ देखि प्रदेशमै पहिलो आधारभूत तहको विद्यालय संचालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमका विच उक्त एपिएफ विद्यालयको उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजिपी) राजु अर्यालले विद्यालयको उद्घाटन गर्दै देशका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता जाहेर गरेका छन । सशस्त्र प्रहरीले कञ्चनपुर सहित देशभरीका चार स्थानमा विद्यालय संचालन गरेको बताउँदै एपिएफ स्कुलबाट अध्ययन गरेका विद्यार्थी भावि दिनमा देशलाई चाहिने जनशक्ति उत्पादन गरिने बताए । ‘एपिएफ विद्यालयमा अध्ययन गरेका विद्यार्थी भावि दिनमा देशको नेतृत्व सम्हाल्नेदेखि नैतिकवान असल जिम्मेबारी नागरिक बन्र्नुपर्छ, ‘आईजिपी अर्यालले भने, ‘सोही अनुरुप विद्यालय संचालन गर्दै गुणस्तरिय शिक्षामा केन्द्रीत हुनुहोला ।’ आईजिपी अर्यालले आफु डिआईजी हुँदा सुदूरपश्चिम क्षेत्रको अनुगमनका क्रममा सशस्त्र प्रहरी कर्मचारीबाट माग भए बमोजिम आफु आईजिपि हुँदा पुरा गरेको र विद्यालय संचालनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न निर्देशन दिएका छन । नेपाल एपिएफ स्कुल झलारीका समादेयक सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रेम रावलले कक्षा ४ मा ३३ र कक्षा ५ मा ७२ गरी पहिलो बर्ष १ सय ५ विद्यार्थी भर्ना भएको बताए । छात्र ९२ र छात्रा १३ जना रहेका छन । संगठनको योजना अनुरुप विद्यालयमा सशस्त्र प्रहरी बलका कर्मचारीका सन्तान एव सर्वसाधारणका सन्तान अध्ययनरत रहेका छन । विद्यालयमा गुणस्तरिय शिक्षा, अनुशासन, नैतिकवान विद्यार्थी उत्पादन गर्ने लक्ष्य अघि सारेको एसपी रावलले बताए । १८ बैशाखदेखि नियमित कक्षा संचालन भएका छन । विद्यालयमा हाल ६ जना शिक्षक शिक्षिका कार्यरत छन । आगामी बर्षदेखि कक्षा थप हुँदै जाने एपिएफ विद्यालयले जनाएको छ । हाल विद्यालय सशस्त्र प्रहरी बल ३५नम्बर गणकै भवनमा संचालन भएको छ । विद्यार्थीलाई बसोबासदेखि खानपिनको व्यवस्थासंगै जिल्लामै पहिलो पटक एपिएपले विद्यालय संचालन गरेसंगै अभिाभवक समेत हर्षिंत भएका छन । कार्यक्रममा विद्यालय संचालनका लागि सहयोग गर्ने विभिन्न क्षेत्रका व्यक्तित्व तथा सशस्त्र प्रहरी अधिकृत कर्मचारीहरुलाई प्रमाण पत्रका साथै सम्मान गरिएको छ । बरिष्ठ उद्योगी व्यवसायी तेज बहादुर चन्द, नारद पाण्डेय, व्यवसायी तिर्थराज जोशी, महेश राज जोशी, तुला दत्त भट्टलाई सम्मान गरिएको छ । यसका साथै सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावल, सशस्त्र प्रहरी निरीक्षक चन्द्रसिह महरा र सशस्त्र प्रहरी नायब निरीक्षक केशव विष्टलाई सम्मान गरिएको छ । उनीहरुलाई सशस्त्र प्रहरी महारीक्षक आईजिपी राजु अर्यालले प्रमाण पत्र हस्तान्तरण गर्दै सम्मान गरेका थिए । सशस्त्र प्रहरी निरीक्षक समिर भट्टले संचालन गरेको कार्यक्रमको समापन सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुस