बेलडाँडी । बढ्दो आगलागिका घटनालाई मध्यनजर गर्दै बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौँ लाई आगो नियन्त्रण गर्नका लागि पहल गरेका थिए । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौँले अध्यक्ष रानाबाट मागभई आएको प्रोटेवल फायर पम्प एक कार्यक्रमका विच हस्तान्त्रण गरेको छ ।

 

बढ्दो गर्मी र हावाहुरीका कारण दिनप्रतिदिन आगजनिका घटना बढ्न थालेपछि अध्यक्ष रानाले आगो नियन्त्रण गर्न सक्ने यन्त्रको माग गरेका थिए । माग अनुसार केहि राहत हुने हिसावले तत्काल राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौँले सो पम्प हस्तान्त्रण गरेको गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले जानकारी गराउनु भयो । उहाँका अनुसार अन्य विपद उद्धारमा प्रयोग हुने औजारको समेत माग गरेको बताउनु भयो । यसै संगै गृहमन्त्रालयले आयोजना गरेको डढेलो तथा आगलागी नियन्त्रण सम्वन्धि आपतकालिन छलफलमा सहभागि हुदै पालिकाका विभिन्न योजना विभिन्न मन्त्रालयहरुमा माग गरिरहेको समेत वहाँले जनाउनु भयो ।

 

सो कार्यक्रममा समन्वय गरी सहयोग गर्नुहुने डा.गंगालाल तुलाधर, अनिल प्रोखेर र बासुदेब खनाललाई बिशेष धन्यवाद दिदै आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा गर्नु भयो ।

प्रतिक्रिया दिनुस