सुवर्ण प्रसाद जोशी 

हल्दुखाल । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ७ हल्दुखालका देबेन्द्र सिंहको घरमा आगलागी हुँदा 20लाख बराबरको क्षति भएको छ ।आइतबार राति करिब 3:30 बजेको समयमा घरमा आगो लागेको जानकारी भएको सिंहकि परिवार हरिना सिंहले जानकारी बताए । आगलागीबाट तीन कोठा १ बरान्डाको घर सहित घरमा रहेको खाद्यान्न, लत्ताकपडा ,फ्रीज ,पंखा, खाट दराज लगायत सम्पुर्ण सामग्री जलेर पुर्ण रुपले जलेर नस्ट भएको बताए। छोराछोरी र आफुमात्रै घरमा रहेको र घरसङ्गैको घरमा बस्दै आएकोले आगलागीबाट मानवीय क्षति नभएको बताउनुभयो । विद्युत लाइन सट भएकोले आगलागी भएको अनुमान गरेको छ,  भने स्थानीय र दमकलको सहयोगमा करिब डेढ घन्टापछी मात्रै आगो नियन्त्रणमा आएको स्थानीय प्रेम बोहराले जानकारी दिनुभयो । विद्युत लाइन सट भएर आगलागी भएको  अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुस