कञ्चनपुर । कञ्चनपुर जिल्ला कुस्ती संघको अध्यक्षमा प्रविन बोगटी चयन भएका छन । मंगलबार कुस्ती संघको भेलाबाट अध्यक्षमा बोगटी चयन भएका हुन । सचिव हेमराज अवस्थी, कोषाध्यक्ष लेखराज विसी र सदस्यहरु विमला सुनार, पुष्पा कुमारी चन्द, राजेश शाही, भूपि उपाध्याय र सुरेश खडका रहेका छन । कञ्चनपुर जिल्ला कुस्ती संघको सचिवमा चयन भएक हेमराज अवस्थीले सर्वसम्मतीय आधारमा समिति चयन गरिएको बताए । जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुबेर खडको अध्यक्षमा भएको भेलाबाट कुस्ती संघ चयन गरिएको छ

प्रतिक्रिया दिनुस