कञ्चनपुर । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले समेत विद्यार्थी दिवस मनाएको छ । मंगलबार नेवि संघ कञ्चनपुरले विद्यार्थी दिवस मनाएको हो । नेवि संघ कञ्चनपुरका अध्यक्ष रमेश चटौतले दिवसकै अवसरमा विद्यार्थीमाथि भईरहेको अन्याय अत्याचार र चालु शैक्षिक सत्रको भर्ना अभियानमा विद्यालयबाट लिने शुल्नदेखिका सिण्डिगेट अन्त्यका लागि प्रशासनमा ज्ञापन पत्र बुझाएको बताए । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले ज्ञापन पत्र बुझ्दै नेवि संघले उठान गरेका विषयमा प्रशासन गम्भिर भएर अघि बढ्ने बताए।

प्रतिक्रिया दिनुस