कञ्चनपुर । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) रविन्द्र केसीले प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुर जिल्ला स्थित कार्यरत युनिट ईन्चार्जहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । उनले बर्तमान शान्ति सुरक्षाको अवस्थाको बारेमा जानकारी लिदै, आगामी दिनमा आईपर्न सक्नेसुरक्षा चुनौती एवं समाधानका विषयहरुमा निर्देशन दिनु भयो । उक्त अवसरमा उहाँले शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई थप सुदृढ एवम् प्रभावकारी बनाउनको लागि सम्पूर्ण प्रहरी कर्मचारीहरुले निस्स्वार्थ सेवा प्रवाह गर्दैनिष्ठावान, ईमानदार एवम् सिर्जनशील भई अबैध क्रियाकलाप रोकथाम, तस्करी नियन्त्रण,यात्रु(मैत्री व्यवहार,क्,आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरि सिमान्तकृत एवम् पीडित वर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई प्रभावकारी रुपमा सम्बोधन गर्नुका साथै नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने गरि सेवा प्रदान गर्न निर्देशन दिनुभयो । डिआईजी केसीले प्रहरी यूनियन इन्चार्जहरुलाई तस्करसंग मिलेर राजस्व छलीमा प्रहरी संलग्न नभई तस्करका गैर कानुनी गतिबिध्ी नियन्त्रण गनु जबरजस्त निर्देशन दिए । कैलाली कञ्चनपुर बढि तस्करी हुने जिल्ला भएकाले चनाखो भएर राजस्व छली बिरुद्धका गतिबिधी नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिए । नेपाल भारतको सिमा(नाकाबाट हुने भन्सार चोरी(तस्करी तथा सिमा(नाकामा हुने अपराधिक गतिबिधिका बिरुद्ध कडाईका साथ प्रस्तुत भई काम गर्ने, लागू(औषधको ओसार(पसार र बिक्री बितरण कडाईका साथनियन्त्रण गर्ने, सवारीदुर्घटनान्यूनिकरण र नियन्त्रण गर्न प्रभावकारी रुपमा ट्राफिक नियमहरुको नियमन गर्ने,फरार अपराधीहरूको व्यापक रुपमा खोज(तलास गर्ने,सामाजिक अपराध रोकथाम तथा नियन्त्रणमा प्रभावकारी ढंगले प्रस्तुतहुने, नागरीक र प्रहरी बिच सुमधुर सम्बन्ध स्थापित गरि चुस्त दुरुस्त नागरीक मैत्री प्रहरी सेवा प्रवाह गर्ने, गैह्र व्यवसायिक र प्रहरी आचरण विपरितका कुनै पनि गतिविधिमा संलग्न नभई अनुशासनमा रही उच्च मनोवलका साथ त्रुटीरहित ढंगबाट कार्य सम्पादन गर्नुका साथै अवैध कारोवारलाई नियन्त्रण गर्न सूचना संकलन एवं विश्लेषण लाईथप प्रभावकारी बनाई आमजन(मानसमा प्रहरी प्रतिको छवि अझ राम्रो पार्नको लागि सृजनात्मक कार्यहरु गर्ने लगायतका सम(सामयिक विषयहरुमा आवश्यक निर्देशन समेत दिनुभयो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत बरिष्ठ प्रहरी उपरीक्षक दिल्लीराज विष्ट सहितका प्रहरी अधिकृतहरु,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथाट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख,जिल्ला प्रहरी कार्यालय कैलालीर कञ्चनपुरका प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र कञ्चनपुरका प्रमुख तथा सिमा(नाकामा अवस्थित प्रहरी युनिटहरुमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत समेत गरी प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुस