कञ्चनपुर । साहित्यकार हेमबाबु लेखकलाई जयराज पन्त लोक साहित्य पुरस्कार ०८० पाईएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाज कैलालीले साहित्यकार लेखकलाई जयराज पन्त लोक साहित्य पुरस्कार ०८०बाट छनौट गरेको छ ।

कञ्चनपुरका स्थानीय समेत रहेका साहित्यकार एव राष्ट्रियता सरक्षण अभियन्ता लेखकलाई छनौट गरेको हो । केही समयपछि लेखकलाई उक्त पुरस्कार हस्तान्तरण गरिनेछ । झण्डै दुई दशक बढि समयदेखि साहित्य, राष्ट्रियता समाजिक क्षेत्रमा काम गर्दै आएका लेखकलाई पुरस्कार पाएसंगै उनका सर्मथक, आफन्त साथीभाईले बधाई दिईरहेका छन।

प्रतिक्रिया दिनुस