कञ्चनपुर । कञ्चनपुरमा बस्दै आएका मधेशी समुदायको शसक्तिकरण सम्बन्धी अभिमुखिकरण गराईएको छ । सोमबार मधेशी आयोगले कञ्चनपुरमा बस्दै आएका मधेशी समुदायको शसक्तिकरण सम्बन्धी अभिमुखिकरण गराईएको हो ।

मधेशी आयोगका सदस्य आभासेती सिहले पुर्वी तराईमुल घर भई हाल, कञ्चनपुरमा बसोबास गर्दै आएका मधेशी समुदायको शसक्तिकरणका लागि अभिमुखिकरण गराएको बताईन । सदस्य सिहले आयोग केबल पुर्वी तराईका जिल्लामा मात्रै सिमित नभई पश्चिम कञ्चनपुरसम्मै सकृय रहेको बताईन ।

कार्यक्रममा मधेशी समुदायका अगुवा राम सोगारथ ठाकुरले तीनै तहका सरकारले महेशी समुदायका लागि शसक्तिकरणका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन । उनले मधेशी समुदाय कञ्चनपुरमा समेत भएकाले उनीहरुका समस्या पीडादेखि हक अधिकारका क्षेत्रमा आयोग सहित सरकार अग्रसर हुनुपर्ने बताए ।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश धनगढीका प्रमुख हरि ज्ञवालीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाले आयोगले आफ्नो क्षेत्राधिकारलाई प्रयोग गर्दै नागरिकलाई सशक्तिकरणमा जोडदिए । ईन्सेक कञ्चनपुरका सहजकर्ता लिलि कुँवरले संचालन गरेको कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधीको सहभागिता रहेको थियो

 

 

प्रतिक्रिया दिनुस