कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर स्थित बैजनाथ माध्यामिक विद्यालयमा क्रिकेट मैदान बनाउनका लागि नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले स्थलगत अनुगमन गरेका छन ।

बिहीबार क्यानका अध्यक्ष चन्दले भीमदत्त नगरपालिका ४महेन्द्रनगर स्थित बैजनाथ मावि प्राङगणको स्थलगत अनुगमन गरेका हुन ।

बैजनाथ माविका लेखा अधिकृत लक्ष्मण भट्टले विद्यालयमा निर्माण गरिने क्रिकेट मैदानको क्यानका अध्यक्ष चन्दले स्थलगत अनुगमन गरेको बताए । क्यानका अध्यक्ष चन्दले विद्यालयमा क्रिकेट मैदान बनाउनका लागि पहल गर्ने बताएका छन । बैजनाथ माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युतराज कलौनीले विद्यालयको शैक्षिकदेखि भौतिक बृद्धि विकासका लागि क्रिकेट मैदानका लागि आश्वश्यक सहयोगको अपेक्षा गरेका छन ।

प्रतिक्रिया दिनुस