केशव थापा 

कञ्चनपुर । कञ्चनपुर दक्षिणी क्षेत्र बेलडाँडी बेलौरीको सिमसार (दलदल)मा परिणत भएको जमिन पुर्नरुत्पादनका लागि डे«न्च निर्माण गरिएको छ । बेलडाँडी गाँउपालिका १, २ र बेलौरी नगरपालिका ९ को दलदल (सिमसार)मा परिणत भएको जमिन पुर्नरुत्पादनका लागि डे«न्च निर्माण गरिएको हो ।

झण्डै अढाई दशक अघि निर्माण भएको महाकाली सिँचाई नहरको पानी चुहिएर खेतीयोग्य जमिन सिमसारमा परिणत भएको थियो । खेत दलदलमा परिणत भएपछि किसानले अढाई दशकदेखि अन्नबाली लगाउन पाएका थिएनन ।

बेलौरी र बेलडाँडीको दलदल जमिन पुर्नरुत्पादनका लागि महाकाली सिँचाई व्यवस्थापन कार्यालय, जल उपभोक्ता संघ केन्द्रीय एव द्वितिय समितिले सिमसार जमिनमा स्काभेटर लगाएर डे«न निर्माण गरेको छ ।

महाकाली सिँचाई व्यवस्थापन कार्यालय महेन्द्रनगरका प्रमुख रामकृष्ण घोडासैनीले बेलौरी, बेलडाँडीको दलदलमा परिणत भएको जमिन खेतियोग्य बनाउनका लागि कार्यालयकै स्काभेटर प्रयोग गरेर नाला निर्माण गरिएको बताए ।

‘यहाँ सिमसारमा परिणत भएको जमिन हामीले के गर्न सकिन्छ, भनेर एक पटक सर्वे गरेका थियौँ, ‘उनले भने, ‘जे जति सकिन्छ, कार्यालयबाटै स्रोत साधन प्रयोग गरेर हामीले खेतमा जमिनको पानी निकासका लागि डे«न बनाएका छौँ, यसबाट झण्डै अढाई सय किसान लाभान्वित हुने हाम्रो अपेक्षा छ।’

उखु धानखेतीका लागि उर्बराभूमि दलदलबाट मुक्त भएपछी किसानदेखि उद्योगीलाई सुविधा हुने छ ।

कार्यालयले मुल नहर सुरक्षित गर्नका लागि प्रयोग गर्दै आएको स्रोत साधन यस पटक हामीले बेलडाँडी, बेलौरीको दलदलमा परिणत भएको जमिनमा लगाएर किसानलाई केही राहत दिन खोजेको उनले बताए । थप विस्तार समेत गर्ने कार्यालय प्रमुख घोडासैनीले बताए ।

महाकाली सिँचाई व्यवस्थापन कार्यालय महेन्द्रनगरका इन्जिनियर सालिक भुसालले जमेको पानी निकासका लागि झण्डै ३ हजार मिटर डेन्च ५फिट गहिराई खनिएको बताए । ‘अब केही हदसम्म खेतमा जमेको पानी नालामै बग्छ, ‘उनले भने, ‘खेतमा भएको पानी सुक्दा खेत दलदलमुक्त भई खनजोत गर्न सकिन्छ ।’

महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रिय समितिका अध्यक्ष भीम बहादुर थापाले बेलडाँडी बजारदेखि झिलमिला बस्ती, झर्नाखोलादेखि रतनपुरसम्मै डेन निर्माण गरिएको बताए । अध्यक्ष थापाले किसानको समस्यालाई मध्य नजर गर्दै डेन निर्माण कार्य शुरु गरिएको बताए ।

‘हामीले पहिलो चरणमा हामीले झर्नाखोलासम्म डे«न निर्माण गछौँ, ‘उनले भने, ‘बेलौरी नगरपालिका ९ रतनपुर हुँदै कमरीसम्मै निर्माण गर्ने योजना छ ।’ नहर चुहिएर बेलडाँडी गाँउपालिका १, ३ र बेलौरी नगरपालिका ९ को मात्रै अढाई हजार विगाह खेतीयोग्य जमिन सिमसार र दलदलमा परिणत भएको छ । २५ बर्षदेखि खेतीपाती लगाउन छाडेका किसान अब खेत सुधार भएसंगै कृषितर्फ उन्मुख हुने भएका छन । अध्यक्ष थापाले झण्डै १८ दिनको अवधिमा १४सय लिटर ईन्धन खर्चिएर डेन निर्माण गरिएको बताए । ‘सानो खर्चमा ठुलो काम भएको छ, ‘उनले भने, ‘यही काम ठेक्का र उपभोक्ता मार्फत गराएको भए लाखौँ रकम खर्च हुन्थ्यो ।’

महाकाली सिँचाई जल उपभोक्ता संघ द्वितिय चरणका अध्यक्ष गोपाल कुँवरले दलदल जमिनमा नाला निर्माण भएसगै जमिन खेतीपाती गर्न सहज हुने बताए । ‘खेतमा पानी जन्म नपाएपछि जमिनमा खनजोत गर्न सहज हुनेछ, ‘उनले भने, ‘खेत पुर्नरुत्पादनमा परिणत हुन्छ ।’ भएको जमिन सिमसारमा परिणत भएपछि स्थानीय किसान गुजारा चलाउन भारत पसेका छन । खेत सुधार भएपछि किसानहरुले स्वदेशमै कृषि उद्यम गर्ने बताएका छन । बेलडाँडीका स्थानीय किसान रमेश लुहारले खेतमा जमेको पानी निकासबाट खेत सुधार भएपछि नगदेबाली उखु सहितका धान खेती गर्न सकिने बताए । ‘अब यो जमिन दिर्घकालिन रुपमा सुधार गर्नुपर्छ, ‘उनले भने, ‘हजारौँ विगाह जमिन बषौँदेखि बाँझै रहदा हामीले गुजारा चलाउन भारत जानुपर्ने बाध्यता थियो ।अब स्वदेशमै उखु सहितका अन्नबाली लगाएर आत्मनिर्भर बन्छन ।’ यसरी महाकाली सिँचाई व्यवस्थापन कार्यालय सहित दुवै समितिले बेलौरी, बेलडाँडीको दलदल जमिन खेतीयोग्य बनाउन प्रयास थालेपछि किसान समेत हर्षित भएका छन । स्थानीय किसान गोपाल सिह ठगुन्नाले बषौँदेखि खेती गर्न बञ्चित भएको अवस्थामा खेतको पानी सुकेर नालामा गएसंगै खेती गर्न पाउने अपेक्षा राखेका छन । अर्का स्थानीय दिवान सिह ठगुन्नाले समेत दलदलमा परिणत भएको जमिन खेतीयोग्यमा परिणतसंगै थप विचैविच र झर्नाखोलाको मुहानदेखि दक्षिण थप डेन निर्माण गर्नुपर्ने सुझाव दिएका छन । यस अघि बेलडाँडीकै खैरिघाट, झिलमिला, बैवाह, चवन्नी लगायतका क्षेत्रको जमिनमा पानीको निकास गरेपछि उक्त स्थानहरुमा अहिले किसानले खेती लगाईरहेका छन ।

प्रतिक्रिया दिनुस