माइती नेपाल कञ्चनपुरले भारत बाट तीन जना महिला तथा बालबालिकाको उद्धार गरेको छ । उद्धार गरिएका मध्ये जिल्ला बझाङ बर्ष ३२ बर्षकी सबिता (नाम परिवर्तन), सबिताकी बर्ष ८ की छोरी निकिता (नाम परिवर्तन) र जिल्ला कञ्चनपुर कि बर्ष १५ कि साबित्री (नाम परिवर्तन) को सकुशल उद्धार गरि नेपाल ल्याईएको माइती नेपाल कञ्चनपुरले जनाएको छ ।

माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको हो । संयोजक भट्टका अनुसार सबिता र निकितालाई उत्तराखण्ड, भारतको देहरादुन बाट उद्धार गरिएको हो भने साबित्रीलाई हरियाणा, भारतको जीन्द बाट उद्धार गरिएको हो ।

सबिता र निकिता करीब २ महिना अगाडी घर बाट एक्कासी बेपत्ता भए पछि तिनका अभिभावकले खोजतलास तथा उद्धारमा सहयोगका लागि माइती नेपाल कञ्चनपुरमा आवेदन दिएका थिए । हामी संग निवेदन आए पछि खोजतलाशमा समन्वय र सहयोगका लागि हामीले भारतीय पुलिस र त्यहां स्थित हाम्रो सञ्जालमा आवद्ध संघ/संस्थालाई आग्रह गर्दै सूचना अग्रेषित गर्‍यौं र अन्ततः आमा छोरीलाई देहरादुनमा अलपत्र अवस्थामा फेला पारेर सकुशल उद्धार गरी नेपाल ल्याउन सफल भयौं,संयोजक भट्टले भनिन् – अहिले आमा छोरी दुवै जनालाई अभिभावक जिम्मा लगाई पारिवारिक पुनर्स्थापना गरिसकेका छौं ।

जिन्द, हरियाणा, भारत बाट उद्धार गरिएकी बालिका साबित्री तीन महिना अगाडी घर बाट भागेर बेपता भएकी हुन । पारिवारिक तनावका कारण एक्कासी घर छाडी लावारिसरुपमा हिंडेकी साबित्रीलाई भारतीय पुलिसको सहयोगमा हरियाणा बाट अलपत्र अवस्थामा फेला पारेर उद्धार गरिएको हो । साबित्रीका अभिभावकको पत्ता नलागेको र उनी मानसिक रुपमा तन्दुरुस्त नरहेका कारण उनलाई माईती नेपाल कञ्चनपुरको संरक्षणमा राखि मनो सामाजिक बिमर्श सेवा प्रदान गर्ने कार्य भई रहेको छ । साबित्रीका आमा बुवा उनी सानै छंदा बिते पछि उनको पालनपोषणको जिम्मेवारी उनकी फुपुका परिवारले गर्दै आएको कुरा माइती नेपाल कञ्चनपुरकी संयोजक भट्टले बताईन । उनी फुपुको परिवार संगै बस्दै आएकी तर अहिले रोजगारीका लागि उनको फुपुको परिवार पनि ईण्डीयामै रहेको खुल्न आएको छ । त्यसैले उनलाई जिम्मा लिने अभिभावक नभएको र मानसिक स्वास्थ्य पनि दुरुस्त नभएका कारण अहिले हामी आफु संगै राखेर आवश्यक सेवा प्रदान गरि रहेका छौं, संयोजक भट्टले भनिन् ।

मानब बेचविखन तथा ओसारपसार नियन्त्रण र पीडितको उद्धार तथा पुनर्स्थापनामा सकिृय संस्था माइती नेपाल कञ्चनपुरले बर्ष २०२४ मा मात्रै ९ जना महिला तथा बालबालिकाको भारत बाट उद्धार तथा पुनर्स्थापना गरि सकेको छ ।

प्रतिक्रिया दिनुस