कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका हुने आर्थिक बेथिति रोक्न माग अघि सारेर योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसिय)ले ज्ञापन पत्र बुझाएको छ ।

माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसिय)ले पालिकामा आर्थिक बेतिथि भईरहेको भन्दै रोक्न माग अघि सारेको हो ।

वाईसियल भीमदत्त नगरपालिका इन्चार्ज तुल बहादुर थापाले आर्थिक बर्ष ०७९ र ०८०मा कोटेशन सहितका विभिन्न योजनाहरुमा केही जनप्रतिनिधी र कर्मचारीको मिलोमतो गरेर कमिसनको खेलमा योजना वितरण गर्न लागेको भन्दै रोक्न उपप्रमुख निलम लेखकलाई ज्ञापन पत्र बुझाएको बताए ।

‘गत बर्षदेखि हालसम्म नगरपालिकादेखि सबै वडाहरुमा वितरण भएका योजना फेरीपनि कमिसनको खेल भईरहेको हामीले जनगुनासो पाएरै प्रमुख नभेटिएपछि उपप्रमुखलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएका छौँ, ‘इन्चार्ज थापाले भने, ‘पालिका सेकेनमेनलाई बुझाएको यो ज्ञापन पत्र बारे सुनुवाई नभएर शसक्त आन्दोलन गछौँ ।’

राजनीतिक पहुँच र कमिसनको भरमा योजना वितरणले नागरिकलाई स्थानीय सरकारको आभास समेत नभएको अवस्थामा आफुहरुले स्थानीय सरकारको ध्यानार्षण गराएको बताए । गत र चालु आर्थिक बर्षका योजनाको विवरण समेत माग गरिएको छ । नगरपालिका भईरहेको आर्थिक बेथिति नरोकिएर वाईसियलले त्यस बिरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुस