धनसिह धामी

कञ्चनपुरको बागफाँटामा रहेको सिद्धबैजनाथ त्रिबेणी धाम(शिवालय, तिर्थाटन)मा गौशाला उद्घाटन गरिएको छ । भीमदत्त नगरपालिका १९ बागफाँटामा रहेको सिद्धबैजनाथ त्रिबेणी धाम(शिवालय, तिर्थाटन)मा गौशाला उद्घाटन गरिएको हो । सिद्धबैजनाथ त्रिबेणी धामका अध्यक्ष मिलन सिहले त्रिबेणी धामको बृद्धि विकासका लागि गौशाला निर्माण गरिएको बताए । उनका अनुसार भीमदत्त नगरपालिका सहितका निजी क्षेत्रबाट सहयोग संकलन गरेर गौशाला निर्माण गरिएको बताए ।

‘हामीले त्रिबेणी धामको बृद्धि विकासका लागि आज गौशाला निर्माण गरेका छौँ, ‘उनले भने, ‘यसपछि यज्ञशाला, गुरुकुल शिक्षादेखि त्रिबेणीलाई धार्मिक तिर्थाटन बनाउँछौँ ।’

अध्यक्ष सिहले उत्तरी चुरे बेदकोट, लिङ्गा सहित झिलमिला ताल क्षेत्रबाट बगेर आउने नदीको संगम स्थल त्रिबेणी धार्मिक, ऐतिहासिक रुपमा महत्व भएकाले यसको विकासका लागि नागरिक जागेका बेला सरकारले समेत ध्यान दिनुपर्ने बताए ।

अध्यक्ष सिहले चौधर नदीको तटिय क्षेत्रका रहेको सिद्धबैजनाथ त्रिबेणी धाम कटानीको उच्च जोखिममा भएकाले तटबन्ध निर्माणका लागि सरकारले चासो दिनुपर्ने बताए ।

स्थानीय जानकार अशोक दत्त भट्टले ०१२सालदेखि सिद्धबैजनाथ त्रिबेणी धाम चलनचल्तीमा आएको बताए । उनले ऐतिहासिक धामको विकासका लागि राज्यका निकाय जिम्मेबार बन्नुपर्ने बताए । भीमदत्त नगरपालिका १९का सदस्य डम्बर जोराले अधिल्लो पालिका सरकारले स्थानीयसंग समन्वय नगरेरै गौशाला निर्माण गरेपछि दिगो संचालन नभएको र अहिलेको गौशाला पालिकाले ध्यान दिनुपर्ने बताए ।

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामीले छाडा पशु चौपाया व्यवस्थापनका साथसाथै कृषि उत्पादनका बस्तु तथा सेवा विस्तारका योजना अघि सार्नुपर्नेमा सुझाव दिएका छन ।

कार्यक्तमका बिशिष्ठ अथिति समेत रहेका युवा उद्यमी तेज बहादुर चन्दले बृहद योजनाका साथ गौशाला संचालन गर्न सरकार, जनता तयार भए आफुले पनि सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरका उपमेयर निलम लेखकले सिद्धबैजनाथ त्रिबेणी धामको बृद्धि विकास र गौशाला संचालनमा पालिकाबाट आवश्यक बजेट विनियोजन गरेर छाडा पशु चौपाया व्यवस्थापन गर्ने बताईन । उपप्रमुख लेखकले सरकारले गर्न नसक्ने काम धाम समितिले गरेको बताउँदै उनले छाडा पशु चौपाया व्यवस्थापनका साथै उनीहरुबाट सक्दो लाभ लिनुपर्ने बताईन । उपप्रमुख लेखकले पालिकाबाट एक वडा एक गौशाला बनाउने योजना कार्यान्वयनका लागि बागफाँटा त्रिबेणी धाममा निर्माण भएको गौशालाको बृद्धि विकासका लागि बजेट लगायतका योजना कार्यान्वयन गर्ने आश्वासन दिईन ।

प्रतिक्रिया दिनुस