कञ्चनपुर । होटल ओपेरा प्रांईभेट लिमिटेडले स्वीमिङ्ग र पार्किङ्ग क्षेत्रको तालाचाबी बुझाएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको होटल ओपेराले स्वीमिङ्ग र पार्किङ्ग क्षेत्रको तालाचाबी बुझाएको हो ।

सोमबार एक कार्यक्तमका विच होटल ओपेराका संचालक खगेश्वर बोहराले यस क्षेत्रको आवश्यकता अनुरुप नगरपालिका समितिबाट जमिन लिजमा लिएर स्वमिङ्ग पुल संचालन गरेको बताए । उनले भीमदत्त नगर विकास समितिले नगर विकास समितिको जमिनमा बनेका संरचना हटाउन लागेको अवस्थामा उक्त संरचनाको तालाबाजी बुझाएको बताए ।

२० जेठ ०७० सालमा महेन्द्रनगर नगर विकास समितिसंग जग्गा लिजमा लिएर होटलको स्तरोन्ती गर चार तारे स्तरमा बनाउन स्वीमिङ्ग पुल अनिवार्य भएकाले लिएको जनाउदै लिज अवधी १९ बैशाख ०८५ सम्म भएपनि अहिले होटल ओपेरालाई विवादमा पार्ने काम भएकाले स्वमिङ्गपुल बन्द नै गरेर नगरविकास समितिलाई बुझाएको बताए ।

उक्त विषयमा अदालतमा मुद्दा विचाराधिन भएको र पुर्ण पाठ आउन बाँकी रहेको बताउँदै उनले उक्त संरचना तोडफोडदेखि पालिकाले जे गर्दा समेत हुने भएकाले आफुलाई स्वीकार्य हुने बताए । होटल ओपेराले ३ कट्टा जमिन १५ बर्षका लागि लिजमा लिएको थियो । होटल ओपेराको तालाचाबी ग्रहण गर्दै भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले नगर विकास समितिको अवैध लिज खाली गराउने अभियानमा पालिकाले सहयोग गरेको भन्दै आभार प्रकट गरेका छन । उनले केही खासखास संरचनाका संचालकहरुले चाबी बुझाए उनीहरुका विषयमा भावि दिनमा छलफल गरेर निर्णय लिने बताए । बाँकी मंगलबार बिहान ८ बजेदेखि डोजर लगाएर खाली गराउने बताए । होटल ओपेराले स्वीमिङ्ग पुलको चाबी हस्तान्तरणमा नगर प्रवक्ता अवस्थी सहित भीनपा ४का वडा अध्यक्ष शुशिल भट्ट, ७का गणेश चन्द र १८का वडाध्यक्ष रविन्द्र देवकोटा सहितको सहभागिता रहेको थियो । अन्य ठुला व्यवसायीले समेत नगरविकास समितिलाई तालाचाबी हस्तान्तरण गर्ने तयारी गरेका छन । कसैको संरचनामा तालाचाबी माग्ने र कसैको सरचनामा डोजर लगाउने भन्दै आलोचना समेत गरेका छन ।

प्रतिक्रिया दिनुस