अम्बादत्त तिवारी 

कञ्चनपुर । चुरे भएर बग्ने राधा नदीको कटानीले बगर बनेको रडाहा क्षेत्र पुर्नत्पादन भएको छ । नदीको कटानीले बगर बनेको कञ्चनपुर बेदकोट नगरपालिका १ रडाहा तटिय क्षेत्र अहिले पुर्नत्पादन भएको हो ।

बगर बनेको रडाह क्षेत्र सरक्षणका लागि स्थानीय अग्रसर भएपछि चुरे सरक्षण सञ्जालले नदी कटानी नियन्त्रण र बृक्षारोपणका कार्यक्तम अघि बढाएपछि बगर क्षेत्र हरियालीमा परिणत भएको स्थानीय बताउँछन ।

स्थानीय समेत समेत रहेको बेदकोट नगरपालिका १ का वडा सदस्य बिनोद विष्टले चार बर्ष अघि राधा नदीमा आएको वाढीले नदी क्षेत्र कटानी गरेर बालुवामा परिणत भएको बताए । ‘नदीले आफ्नो तटिय क्षेत्र मात्रै नभई केही स्थानीयको खेतीयोग्य जमिन समेत कटानी गरेको थियो, ‘उनले भने, ‘अहिले जैविक, ढुङ्गा तारजालीको तटबन्ध सहित बृक्षारोपणका कार्यक्रम भएपछि बगर हरियाली बनेको छ ।’ रडाहा तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष डम्बर बहादुर रावलले विगत तीन बर्षदेखि नदीमा तटबन्ध निर्माण शुरु गरिएको बताए । उनका अनुुसार सरकारले माथिल्लो भेगमा ढुङ्गाचारजाली र चुरे सञ्जालले तल्लो तटिय क्षेत्रमा जैविक तटबन्ध निर्माण गरेपछि कटानी रोकिएकोछ ।

‘अहिले ७० मिटर लामो हामीले जैविक तटबन्ध निर्माण गरिरहेका छौँ, ‘उनले भने, ‘यसबाट एकातिर नदीको कटानी नियन्त्रण भएको छ, अर्कातिर बृक्षारोपण क्षेत्र पनि सुरक्षित भएको छ ।’ चुरे सञ्जालका अध्यक्ष रविन्द्र कुँवरले राधा नदीको उच्च कटानी क्षेत्रमा एकातिर बस्ती अर्कातिर पर्यावरण सरक्षणका लागि जैविक तटबन्धदेखि पर्यावरण सरक्षणका कार्यक्रम संचालन गरिएको बताए । अध्यक्ष कुँवरका अनुसार तीन बर्षदेखि चुरे सञ्जालले पश्चिम तराई भूपरिधी कार्यक्रम मार्फत जैविक तटबन्ध र राधा नदीको रडाहा नदी तटिय क्षेत्रमा बृक्षारोपण गरिएको छ । ‘नदीले पश्चिम बस्तीतर्फ तटिय क्षेत्र कटानी गरेपछी बगरमा परिणत भएको जमिनमा हामीले तारबार लगायौँ, ‘उनले भने, ‘बगर बनेपछि अतिक्रणको उच्च जोखिममा रहेको उक्त नदीको क्षेत्रमा लगातार बृक्षारोपण गर्दै आएका छौँ, ‘अहिले नदीको कटानी पनि रोकिएको छ, अर्कातिर सार्वजनिक जमिन पनि सरक्षण भएको छ ।’ अध्यक्ष कुवरले झण्डै ५ हेक्टर क्षेत्रफल जमिनमा तारजाली लगाएर अम्रेसो, सिसम, खैर लगायतका विवित प्रजातिका बिरुवा रोपिएको बताए ।

झण्डै चार सयमिटर तारजाली लगाएर नदीको बगर क्षेत्रलाई सरक्षण गरिएको उनले बताए । ‘नदीको कटानी गरेपनि यो क्षेत्र अतिक्रणको चपेटामा थियो, ‘उनले भने, ‘हामी आएर स्थानीयसंग छलफल गर्दै अतिक्रमबाट जोगाउँदै बृक्षारोपण गरेपछि आज बगर हरियालीमय बनेको छ ।’

बेदकोट नगरपालिका १ का वडाध्यक्ष रमेश भण्डारीले राधा नदीको कटानीबाट बनेको बगर क्षेत्र सरक्षणका कार्यक्तम अघि बढाएपछि सार्वजनिक जमिन समेत सरक्षण भएको बताए । ‘नदीले बस्तीतिरै कटानी गर्न थालेपछि हामीलाई चिन्ता थियो, ‘उनले भने, ‘चुरे सञ्जालबाट तटबन्धदेखि सरक्षणका कार्यक्रम अघि बढाईएपछि बस्ती र जमिन पनि जोगिएको छ ।’

पारी बगर सरक्षणले हरियाली भएको बताउँदै वडाध्यक्ष भण्डारीले पारी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चराचुरुङ्गीदेखि बन्यजन्तुको समेत दृश्यावलोकन गर्न सकिने भएकाले बगर पुर्नत्पादनमा परिणत भएपछि पर्यटकीय गन्तव्य बन्ने बताए ।

प्रतिक्रिया दिनुस