कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयको भवन शिलान्यास गरिएको छ । भीमदत्त नगरपालिका १४बनकट्टीमा रहेको शान्ति आधारभूत विद्यालयको भवन शिलान्यास गरिएको हो । सोमबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका १४ नम्बर वडा कार्यालय र बिल्डअन नेपाल धनगढीको साझेदारीमा विद्यालय भवन शिलान्यास गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्रद्यानाध्यापक उत्तम सिह विष्टले सरोकारवालाको उपस्थितिमा भवन शिलान्यास गरिएको बताए । ३कोठे पक्की भवन निर्माणसंगै २ कोठे शौचालय निर्माण हुनेछ । भवन अभावमा विद्यालयमा नियमित पठन पाठनमा समस्या भईरहेको अवस्थामा विद्यालयमा भवन निर्माण भएसंगै नियमित पठन पाठनमा सुविधा हुने प्रअ विष्टले बताए । भवन शिलान्यास कार्यक्तमका प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरका प्रमुख पदम बोगटीले सामुदायिक विद्यालयको सुधारका लागि पालिकाबाट पहल गर्ने बताए । भीमदत्त नगरपालिका १४का वडाध्यक्ष लोकराज जोशीले गाँउको विद्यालयमा थप भवन निर्माणका लागि पहल गर्ने बताए ।

बिशिष्ठ अथितिद्वय भीमदत्त नगरका उपप्रमुख निलम लेखक, बिल्डअन नेपालका निर्देशक निर्मला चौधरी सहितका जनप्रतिनिधी शिक्षक, कर्मचारी, विद्यार्थी अभिभावकको सहभागिता रहेको थियो

प्रतिक्रिया दिनुस